१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढी र पहिरोमा एक सय २८ को मृत्यु

काठमाडौं- अविरल वर्षा र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ। बुधबार बेलुकासम्म २५ जना घाइते भएको र ३३ जना बेपत्ता रहेको जानकारी आएको गृहमन्त्रालयले जनाएको छ।

गृहका अनुसार बाढी पहिरो प्रभावितहरूको खोजी, उद्धार र राहत वितरणमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका २५ हजार सुरक्षाकर्मी परिचालित छन्। बुधबारसम्म डुबान र पहिरो प्रभावित क्षेत्रमा एक लाख २० हजार किलो खाद्यान्न, औषधि र खानेपानी लगायतका सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त दाउन्ने, गावर, गन्दाली, शम्सेरगञ्ज, अगैया, लोहोरे खोला पुल, रातु, जंघा, धन्सार, दुधौरा, तीन नम्बर, राप्ती, कठौना, दुधैला, सडक खोला, बुढी खोला, गछीया र कन्काई पुलको तत्काल मर्मत र संरक्षण गरेर लाइफ लाइन सडक यातायात सुचारु भएको गृहले जनाएको छ।

गृहका अनुसार राहत वितरण गर्न नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरिएका छन्। सेनाको एम १७, एयर डाइनेस्टि र श्रीएयरलाइन्समार्फत राहत सामग्री वितरण भइरहेको छ। पाँचथर, झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी, बाँके, बर्दिया र कैलालीमा राहत पुर्‍याइएको गृहले जानकारी दिएको छ।

प्रकाशित: १ भाद्र २०७४ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App