१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भिरबाट लडेर एकको मृत्यु, त्रिशुली नदीले बगाउदा एक बेपत्ता

साउन— नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंं ७ सुनखानी गुरुङगाँउका लालीमाँया तामाङ रहेकी छिन्।

मङ्गलबार साझ जलेश्वर प्रावि नजिकैको भीरबाट लडेर उनको मृत्यु भएको प्रहरी चौकी छहरेका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले बताए। उनी लडेर बाटो भन्दा लगभग १ सय ६० मिटर तल पुगेकी थिइन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मङ्गलबार साझ नै घटना भएपनि प्रहरीलाई भने स्थानीयबासीले बुधबार मात्र प्रहरीलाई जानकारी गराएका थिए ।

यस्तै मङ्गलबार साँझ त्रिशुली नदीले बगाउँदा सुर्खेत वीरेन्द्रनगर–८ का रमेश मगर बेपत्ता छन्। १८ वर्षीय मगरलाई बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ जिलिङ काशिटार स्थित त्रिशूली नदीले बगाएको हो। साथीहरुसँगै मिलेर बालुवा झिक्ने क्रममा मगरलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। उनको अहिले खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए।
 

प्रकाशित: ३२ श्रावण २०७४ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App