१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौँडा – चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ। 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४६ वर्षीया जानुकादेवी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

ठक्कर दिने ट्याङ्कर र त्यसका चालक हेटौँडा उपमहानगरपालका–११ बस्ने हिमाल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ। रासस 

प्रकाशित: ३२ श्रावण २०७४ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App