१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको हवाई निरीक्षण (भिडियो)

नेपालगन्ज- सिंचाईमन्त्री सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले मंगलबार बाढीग्रस्त क्षेत्र बाँके र बर्दिया पुगेका छन्। मन्त्रीद्धय बाढीग्रस्त क्षेत्र बर्दियाका स्थानीय बासिन्दा पनि हुन्। बाढीले पुर्‍याएको क्षति र उद्धार तथा राहतको अवस्थाबारे बुझ्न उनीहरु सोमबार बेलुका नेपालगन्ज आएका थिए। सरकारका तर्फबाट क्षति, उद्धार र राहतको अवस्था बुझ्न आएका उनीहरुले बाँके र बर्दियाको बाढीग्रस्त क्षेत्रको हवाई निरीक्षण गरेका थिए।

‘बाढीले कल्पना गरिएको भन्दा धेरै क्षति गरेको रहेछ,’ निरीक्षण पश्चात मन्त्री गौतमले नागरिकसँग भने ‘बाढीले पुर्वी तराई जतिकै क्षति बाँके र बर्दियामा पनि गरेको पाईयो।’ २०७१ सालको बाढी भन्दा ठूलो बाढी यसवर्ष राप्ती र बर्दिया नदीमा आएको र डुबान, कटान र पटान गरेको उनले बताए। ‘बाँके र बर्दियामा एकदमै धेरै क्षति भएको देखिन्छ, कतिपय गाउँको नामोनिसाना नै छैन,’ उनले भने।

गौतमसँगै निरीक्षण गरेका भुमिसुधारमन्त्री दहितले बाँके र बर्दियामा अकल्पनीय क्षति पुर्याएको बताए। ‘बाँकेमा राप्ती नदी र बर्दियामा बबई नदीले कटान, पटान र डुबान गरेको छ, पीडितले अझैपनि राहत नपाईरहेको गुनासो गरिरहेका छन्,’ मन्त्री दहितले भने। प्राकृतिक विपत्तिलाई कसैले पनि रोक्न न सक्ने भएपनि क्षति कम गर्न सकिने उनले बताए। बाढी पीडितलाई राहत वितरण प्रभावकारी बनाउन दुबै जिल्लाका दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिएका छन्।

भिडियो:

 

               

 

प्रकाशित: ३१ श्रावण २०७४ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App