१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

उर्लाबारी (मोरङ)- पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। 

बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नंको बुद्घ यातायातको बस पथरीशनिश्चरे-१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी-१ बस्ने नरेन्द्र श्रेष्ठकी पाँच बर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो। 

दुर्घटनामा तीनजना यात्रु गम्भीर घाइते भएका छन्। उनीहरुको न्यूरो अस्पताल विराटनगरमा र सामान्य घाइते सातजनाको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ। 

बस घटनास्थलमै रहेको र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। रासस 
 

प्रकाशित: ३१ श्रावण २०७४ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App