१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शेरा र बुढी खोला नदीमा तटबन्ध बाधिनेछ: प्रधानमन्त्री देउवा

इटहरी- अधिक बर्षासँगै आएको बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतीको अवस्थाबारे जानकारी लिन पूर्व क्षेत्रको निरीक्षण गर्न सोमबार इटहरी आएका प्रधानमन्त्री शेरबहादुर देउवाले शेरा र बुढी खोलामा दीर्घकालिन तटबन्ध बाध्न सरकारले विशेष योजना ल्याउने बताएका छन्। उनले शेरा र बुढी खोलामा तटबन्ध बाधेर इटहरीलाई डुबानबाट बचाउने बचन दिए।

                ‘इटहरीलाई बचाउन तटबन्ध बाधिनेछ, बाढीले गर्दा मृत्यु भएका मृतकका परिवारलाई प्रति परिवार दुई लाख रुपैयाँ दिने निर्णय गरि सकेको छ,’ प्रधानमन्त्री देउवा हेलिकप्टरबाट इटहरीको पूर्वी पृतना मुख्यालय इटहरीमा उत्रिएर पीडित बसेको स्थान कृष्ण प्रणामी मन्दिरमा पुगेर संक्षिप्त सम्बोधन गदैं भने।

उनले पीडित बिस्थापित परिवारमध्ये घर नभएकालाई पुर्नस्थापनाका लागि सरकारले दीर्घकालिन कार्यक्रम समेत ल्याउनेछ। ‘विशेषगरी बाढीबाट गरीव र सीमान्तकृत बासीन्दा पीडित भएका छन,’ उनले भने, ‘गरीव र सीमान्तकृत परिवारका लागि सरकारले सहयोग गर्न कुनै कसर बाँकी राख्दैन्।’

प्रधानमन्त्री देउवाले सम्बोधन गरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गदैं गृहमन्त्री जर्नादन शर्माले बाढीबाट बिस्थापित भएर पीडित भएका परिवारलाई एकद्दवारबाट राहत वितरण गर्न सरकार गम्भीर भएर लाग्ने बताए। ‘राहत कसैले दुरुपयोग हुन नदिने गरी व्यवस्थित ढंगले बाढिनेछ,’ उनले भने, ‘राहत वितरण गर्न तल्लो वडास्तरसम्मै व्यवस्थित समिति बन्नेछ।’ इटहरीको अवस्थाबारे बुझन प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा र रक्षामन्त्री भिमसेन दाससहित सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।

शुक्रबार राति बुढी खोलामा आएको बाढीले गर्दा बुढी खोला नदीमा आएको बाढीले विनास मच्चाउँदा आठ जनाको मृत्यु भएको छ। बुढी खोला नदीले बगाउँदा सुनसरीको इटहरी क्षेत्रका अझै पाँच जना वेपत्ता छन्।

बाढीले गर्दा इटहरी क्षेत्रका मात्र छ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन्। बिस्थापितमध्ये इटहरीको कृष्ण प्रणामी मन्दिर, वडा नं. ३ को सरस्वती माध्यमिक विद्यालय, इटहरीकै राधाकृष्ण मन्दिर, वडा नं. १० का मनमोहन प्राथमिक विद्यालय, नगरपालिकाको साँस्कृतिक हल र जनता माध्यमिक विद्यालयमा बस्दै आएका छन्।

पछिल्ला बर्ष धरान उपमहानगरपालिकाको पाँचकन्या क्षेत्रबाट सेरा खोलाले पश्चिमतर्फ तटबन्ध भत्काएर बाढी टेङ्ग्रामा मिसिदा इटहरीलाई बढी क्षती पुर्‍याउँदै आएको छ।

शेरामा पहाडी जिल्लामा बर्षा हुनासाथ बाढी आउने  र खोला पश्चिमतर्फको तटबन्धभन्दा अग्लो भागमा रहेकाले गर्दा सहजै कटान गर्ने गरेको छ। शेराले पश्चिमतर्फ धार कटान गर्न नदिन तारजालीमा ढुंगा लगाएर तटबन्ध बाधेर पूर्वतर्फबाट खोला बगाउने योजना अनुसार दुई बर्षयता मात्र दुई करोडभन्दा बढी खर्च भइसकेको सुनसरी क्षेत्र नं. २ का सांसद रेवतीरमण भण्डारीले बताए।

प्रकाशित: ३० श्रावण २०७४ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App