१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

दाङ- अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

सल्यानमा पहिरोसंगै यात्रुवाहक बस खस्दा एकको मृत्यु भएको हो भने दाङमा खोलाले बगाउँदा एकको मृत्यु र एक बेपत्ता भएका छन्।

सल्यानको जैतपानीबाट दाङका लागि छुटेको ना ३ ख ३२३० नम्बरको बस सल्यान कपुरकोट गाउँपालिका अन्तर्गत पर्ने चोरखोला भन्ने स्थानमा पहिरोसंगै खसेको सल्यान प्रहरी प्रमुख डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिएका छन् । दुर्घटनामा परि मृत्यु हुनेको नाम एकिन हुन नसकेको छैन।  दुर्घटनामा परि अन्य १० यात्रु घाईते भएका छन् ।

गुडिरहेको उक्तबसमा माथिबाट ठूलो ढुंगा सहितको पहिरो खसेपछि बस पनि पहिरोसंगै खोलामा खसेको थियो । ‘गुडिरहेको बसमा माथिबाट पहिरो खसेपछि बस पनि पहिरोसंगै झण्डै ३० मिटर तल खोलामा खसेको छ,’डिएसपी खत्रीले भने ‘घटनामा एकको मृत्यु र १० घाईते भएका छन् ।’ घाईते मध्य एकजनाको अवस्था गम्भिर रहेको र ९ जनाको अवस्था सामान्य रहेको पनि उनले वताए । घाईते सबैको तुलसीपुरमा उपचार भैरहेको छ । 

यसैगरि घोराही १२ हापुरमा खहरे खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । घोराही १२ हापुरकी निर्मला बाठाको खहरे खोलाले बगाउँदा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिए । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । यो संगै बाढीले बगाउँदा दाङमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि शनिवार तुलसीपुर १३ मा एक महिला र तुलसीपुर ४ मा एक पुरुषको मृत्यु भएको थियो ।

यसैगरि आईतवार तुलसीपुर ११ जसपुरमा खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । स्थानीय क्वाङ खोलाले बगाउँदा जसपुरका मेघवहादुर खत्री बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको खोजी कार्यभैरहेको प्रहरीले जनाएको छ। 

यसैविच दाङमा बाढीले ३ सय ५१ प्रिवारका ४ सय ८७ नागरिक बिस्थापीत बनेका छन्। आईतवार सम्म ८८ बढि घर पूर्णरुपमा क्षेतीग्रस्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले जिल्लाको ४ सय विघा जमिन कटान गरेको पनि प्रशासनले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७४ १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App