१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौं— सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

‘हाम्रो दलका जति सांसद छौं सबैले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गरेका छौं। बैठकले बाढी प्रभावित क्षेत्रमा पीडितहरुलाई बासको व्यवस्था गर्न, उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ’, काँग्रेस नेता रामचन्द्र पौडेलले भने। पौडेलकै आग्रमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले बैठक बोलाएका थिए।

बैठकले बाढीपीडित क्षेत्रमा तदारुकताका साथ कार्यकर्ता परिचालन गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ।

प्रकाशित: २९ श्रावण २०७४ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App