१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खहरे खोला उर्लंदा चितवनमा डुवान, पर्यटकीय क्षेत्र सौराहा जलमग्न (फोटोहरु)

 चितवन- लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्। पूर्वी चितवनमा कयर, लदरा, बुढी राप्ती जस्ता खहरे खोलाहरु उर्लदाँ रत्ननगर नगरपालिकाको दक्षिणी भाग, खैरहनी नगरपालिकाको पर्सा बजार र पूर्व पश्चिम राजमार्ग नै जलमग्न भएको छ।

                रत्ननगरको वडा नं. ८ बाघमारा टोलका १५ घरलाई नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार नै गर्नु परेको थियो। रत्ननगरको वडा नं. ५ मगरटोलका ७० घर पनि डुबानमा छन् । खैरहनी नगरापलिकाको पर्सा बजार नजिकको राजमार्ग नै जलमग्न भएपछि बिहान पख गाडी चलाउनसमेत अफठ्यारो परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बताए।

                मध्यान्हबाट पानी कम भएपछि गाडी ओहर दोहर गरेका थिए । बुढी राप्ती र राप्ती खोलको पानी वस्तीमा छिरेपछि पर्यटकीय क्षेत्र सौराहाका लगभग सवै होटलहरुमा पानी पसेको छ । क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरेका अनुसार कुनै होटलमा पाँच फिटसम्म पानी जमेको छ । होटलमा बसेकाहरु गाडी चढेर रत्ननगर आउन सक्ने अवस्था छैन ।

                सौराहामा होटलकै अग्लो ठाउँमा बसे कुनै खतरा छैन । तर तल्लो तलामा सवै पानी जमेको घिमिरेले बताए । चित्रसारी पुल नजिक बुढी राप्तीको भेलले सडक मार्ग भएर आवत जावत गर्न रोकेको उनले बताए । त्यसैले पर्यटकहरुलाई हात्तीमा चढाएर चित्रसारी हुदै रत्ननगर ल्याएको थियो । शनिबार साँझ सौराहामा स्वदेशी विदेशी छ सय पर्यटक थिए ।

                राप्ती नदी किनारका पश्चिम चितवनका वस्तीहरु पटिहानी, जगतपुर पनि डुवानमा छन् । नारायणी नदी किनारका वस्तीहरु पनि जोखिममा छन् । दिउँसो दुई बजे पछाडी पानी पर्न कम भएका कारण जोखिम पनि कम हुने सम्भावना रहेको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App