१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाढी पहिरोबाट ३० को मृत्यु, गृहमन्त्रीद्वारा उद्धार तीब्र पार्न निर्देशन

काठमाडौँ- गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

मन्त्रालयका अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमान स्थलमा खाद्द तथा उद्धार सामाग्रीहरु स्टेन्डबाई राखे पनि मौसम प्रतिकुल भएको कारणले आफु जान् नसकेको बताए। मौसमले साथ दिने बित्तिकै त्यस तर्फ प्रस्थान गर्ने जानकारी दिए।

त्यसैगरी गृहमन्त्री शर्माले बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारणले गाउँहरु डुबानमा परे पछि, सुर्खेतबाट उद्धारका लागि त्यस तर्फ पठाउन निर्देशन दिएका छन्। गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार कार्यका कुशल जवाहरुलाई परिचालित गर्न केही समय अघिनै निर्देशन दिइसकेको जनाए। मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारणले मानिसको जनजीवन प्रभावित भएको छ । उनले डुबानमा परेका जनता, राजनितीक दल, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको जानकारी समेत गराउनु गराए।

त्यसैगरी झापाका सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद तिवारीका अनुसार मदनामा मुसलधारे पानी परी रहेकोले उद्धार कार्य प्रभावित भएको छ। 

 

 

प्रकाशित: २८ श्रावण २०७४ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App