१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा ट्याक्सी लुटेर भाग्ने गौतमलाई प्रहरीले लखेट्दै पक्रियो

भक्तपुर—यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ। चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन्।

पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

काठमाडौँ महानगरपालिका–७ बस्ने वर्ष २६ को सुमन दंगालले चलाएको बा २ ख १२४९ नम्बरको ट्याक्सी चढेर आज बिहान काठमाडाँै कुमारीगालबाट नगरकोट जाने भन्दै आएका दुई लुटेराले चाँगुनारायण नगरपालिका मुहानपोखरी नजिकै चालकको साथमा रहेको नगद रु पाँच हजार ९७०, चाँदीको सिक्री एक थान, सामसुङ मोबाइल थान एक थान र सुनको मुन्द्रा लुटपाट गरी फरार भएपछि प्रहरीले लुटेराको खोजी गरेको थियो ।

 

 

प्रकाशित: २७ श्रावण २०७४ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App