१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोरीका चार मोटरसाइकल सहित तीन पक्राउ

रौतहट- चोरीको चारवटा मोटरसाइकल सहित रौतहट पुलिसले एक भारतीय सहित तीन जनालाई पक्राउ गरेको छ। रौतहटको माधवनारायण गाउँपालिका  ७ का दीपेन्द्र यादव, गरुडा नगरपालिका  ९ का शम्भु राय यादव र भारत सितामढी जिल्लाको बथनाहा ९ का राजीव कुमार राय समेतको टोलीले नेपाल र  भारतको विभिन्न स्थानबाट मोटरसाइकल चोरी बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा दसीसहित तीनै जनालाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले दीपेन्द्र यादवलाई चोरीको नम्बर प्लेट नभएको कालो सुजुकी मोटरसाइकल र बिआर ३० एम ३९०५ नम्बरको कालो होन्डा साइन मोटरसाइकल घरपछाडि लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो । यसैगरी शम्भु राय यादवलाई बि आर ३० एम ९३४३ नम्बरको ग्लैमर मोटरसाइकल र भारतीय नागरिक राजीव कुमार रायलाई नम्बर नखुलेको १५० सिसिको पलसर चोरीको मोटरसाइकल सहित रौतहट पुलिसले पक्राउ गरी अदालत पुर्‍याएको छ। अदालतबाट पाँच दिनको म्याद राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित: २७ श्रावण २०७४ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App