१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुस लिँदालिँदै शिक्षा कार्यालय रौतहटका सबओभरसियर पक्राउ

रौतहट—जिल्ला शिक्षा कार्यालय रौतहटको सब ओभर सियर घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपोग अनुसन्धान आयोगको टोलीले सब ओभरसियर ललन कुमार सिंहलाई गौरको बिपि चोबाट घुस रकमसहित पक्राउ गरेको हो।

श्री माबि माधोपुरको तेस्रो किस्ताको रकम निकासाको लागि सब ओभरसियर सिंहले ३५ हजार रुपैयाँ घुस मागेका थिए। विद्यालय पक्षले घुस मागेको विषय अख्तियारलाई पूर्व जानकारी गराएका आधारमा शुक्रबार अख्तियार टोलीले गौरको बिपिचौक स्थित चिया पसलबाट उनलाई घुस लिँदालिँदै पक्राउ गरेको हो।

 

प्रकाशित: २७ श्रावण २०७४ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App