१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा.केसीका माग फास्ट ट्र्याकबाट सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

अामरण अनसन १९ औं दिनमा पुग्दा डा.केसीको स्वास्थ्य स्थिति खतरामा छ। तस्विरः केशव थोकर

काठमाडौं— चिकित्सा शिक्षा सुधारको माग राखी १९ दिनदेखि आमरण अनसरत डा.गोविन्द केसीका माग पूरा गरी आजै अनसन तोडाउन प्रधानमन्त्री शेबरहादुर देउवाले सरोकारवाला निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसहितलाई बालुवाटार बोलाएर उनले फास्ट ट्र्याकबाट माग पूरा गरी आजै अनसन तोडाउन निर्देशन दिएका हुन्।

लामो छलफलपछि प्रधानमन्त्री देउवाले आजै अनसन तोड्ने गरी फास्ट ट्र्याकबाट सहमति खोज्न निर्देशन दिएका हुन्। बैठक स्रोतका मुख्य रुपमा वार्ता अड्किएको चिकित्सा शिक्षा विधेयकमा डा.केसीले भनेका अधिकांश पार्ने र विवाद उत्पन्न भएका बुँदामा मध्यमार्गी बाटो अपनाउने सहमती भएको छ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको वार्ता टोलीले १५ दिन अगाडिदेखि काम गर्दा पनि सहमति निकाल्न नसकेपछि प्रधानमन्त्रीले दोस्रो पटक आज बिहान बृहत् बैठक बोलाएका हुन्। दुई मन्त्रीहरुसहित काँग्रेस नेता रामचन्द्र पौडेल, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, पूर्व उपप्रधानमन्त्री एवं माओवादी नेता नारायाणकाजी श्रेष्ठ, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमासहित माथेमा कार्यदलका सदसस्यहरु, महिला बालबालिका तथा समाजकल्याण संसदीय समितिकी सभापति रन्जु झासहित समिति सदस्य सांसदहरु र दुवै पक्षका वार्ता टोली सदस्य उपस्थित थिए।

लामो छलफलपछि प्रधानमन्त्री देउवाले आजै अनसन तोड्ने गरी फास्ट ट्र्याकबाट सहमति खोज्न निर्देशन दिएका हुन्। बैठक स्रोतका मुख्य रुपमा वार्ता अड्किएको चिकित्सा शिक्षा विधेयकमा डा.केसीले भनेका अधिकांश पार्ने र विवाद उत्पन्न भएका बुँदामा मध्यमार्गी बाटो अपनाउने सहमती भएको छ।

जसअनुसार विधेयकको प्रस्तावनामै माथेमा कार्यदलको नाम उल्लेख गर्ने र सम्बन्धनको पर्खाइमा रहेका मेडिकल कलेजले नयाँ बन्ने मापदण्डअनुसार निवेदन दिनुपर्ने गरी सहमति जुटेको छ।

प्रधानमन्त्री देउवाले डा.केसीका अन्य मागमध्ये चिकित्सा शास्त्र अध्ययन संस्थान (आइएओएम) लाई थप स्वायत्तता र सहायक डिनहरुको पूर्ण नियुक्ति २४ घन्टाभित्र गर्न शिक्षामन्त्रीमार्फत् उपकूलपतिलाई निर्देशनसमेत दिएका छन्।

यो सहमतिका आधारमा आजै संसदीय समितिबाट विधेयक पारित गरेर आजै पूर्ण संसदबाट समेत विधेयक पारित गर्ने सहमति भएको छ। सो विषयमा विधेयक रोकी रहेको महिला बालबालिका एवं समाजकल्याण समितिकी समितिकी सभापति रन्जु झासमेत सहमत भएकी छिन्।

वार्ताका मुख्य सुत्रधार थापा र श्रेष्ठ

नारायणकाजी श्रेष्ठ निवासमा भएको बैठकका सहभागी। तस्विर सौजन्यः सुमन अाचार्य

अनसन सुरु हुनुभन्दा अघिदेखि नै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा.केसीका मागबारे प्रधानमन्त्रीसँग निकट रहेर माग पूरा गराउन पहल गर्दै आएका थिए। पछिल्लो समय माअाेवादी नेता नारायणकाजी श्रेष्ठ समेत त्यही मेसोमा जोडिन अाइपुगे। काँग्रेस नेता थापा र माओवादीका नारायाणकाजी श्रेष्ठको सक्रियतामा गएराति रातभरि नै डा.केसीका मागबारे छलफल भएको छ। नारायणकाजी श्रेष्ठ निवासमा भएको बैठक बिहान ३ बजेसम्म चलेको थियो। बैठकमा उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री पोखरेल, पूर्वस्वस्थ्यमन्त्री गगन थापा, केदारभक्तमाथेमासहित सहभागी थिए। नारायाणकाजी श्रेष्ठको निवास हातिवनमा भएको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल गर्दै डा.केसीका माग कहाँनेर पार्ने भनेर छलफल भएको थियो। लगत्तै बिहान साढे ९ बजे प्रधानमन्त्रीले बैठक बोलाएर सहमतिको प्रयास गरेका थिए।

डा.केसी मनाउन वार्ता टोली टिचिङतर्फ

प्रधानमन्त्री निवासमा भएको सहमित कार्यान्वयन हुन्छ भनेर डा.केसीलाई जानकारी गराउन उनका प्रतिनिधिको रुपमा वार्तामा बसेकाहरु अनसनस्थल जाँदैछन्। वार्ता टोलीमा डा.वाईपी सिंह, डा.अभिशेक सिंह र डा.सुमन आचार्यसहित छन्। उनीहरुले प्रधानमन्त्रीसहित सहभागी बैठकमा भएको निर्णय डा.केसीलाई ब्रिफिङ गर्नेछन्। डा.केसी १९ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अमरण अनसन बसिरहेका छन्।

ओली मनाउन नारायाणकाजी बालकोटमा

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान भएको बृहत् बैठकको निष्कर्ष बोकेर माओवादी नेता नारायाणकाजी श्रेष्ठ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन्। चिकित्सा शिक्षाका विकृति रोक्नु हुँदैन भन्ने पक्षमा एमाले अध्यक्ष ओली रहँदै आएका छन्। एमाले नेता एवं सांसदहरुको लगानीमा मापदण्ड पूरा नगरी खोलिएका मेडिकल कलेजहरुले निर्वाध व्यापार गर्न पाउनु पर्ने उनीसहित एमाले नेताहरुको तर्क छ। माओवादी नेता श्रेष्ठले ओलीसँग भेट गरी नेपाली जनताको पक्षमा डा.केसीले उठाइरहेका मागलाई पूरा गराउनेबारे छलफल गर्नेछन्।

प्रकाशित: २७ श्रावण २०७४ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App