१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा बोल्दै गृहमन्त्रीले भने: रौतहट घटनाको छाबिन हुँदैछ

काठमाडौं–गृहमन्त्री जनार्दन शर्माले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित भित्री सडकको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएको घट्ना छानविनका लागि गृह मन्त्रालयले समिती गठन गरेको बताएका छन्। बुधबार व्यवस्थापिका संसदको बैठकमा जावाफ दिँदै गृहमन्त्री शर्माले रौतहटको घटना छानविन गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख दिपक काफ्लेको नेतृत्वमा ३ सदस्यीय समिती गठन गरिएको जानकारी गराए। समितीको सदस्यहरुमा पुर्वाञ्चल क्षेत्रिय सड्क निर्देशनालायका निर्देशक मुीक्तराम गौतम र प्रहरी नायव महानिरीक्षक पुष्पचन्द्र रन्जित रहेका छन्।

‘प्रधानमन्त्रीको निर्देशन अनुसार घट्नाको विस्तृत अध्ययन तथा छानविनका गरी दोषि पहिचान गर्न समिती गठन गरिएको छ’ गृहमन्त्री शर्माले भने, ‘दोषी पहिचान गरी आवश्यक कारवाहीको सिफारिस गर्नका लागि समितीलाई १५ दिनको समय दिईएको छ।’

छानबिन समिती मंगलबार नै घट्नास्थलमा पुगिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘गरुडा–४ स्थितपानीट्यांकी जाने भित्री सड्क छेउमा बाटो निर्माणका क्रममा ठेकेदारले खनेको खाल्डोमा भरिएको पानीमा डुबेर ४ बालिकाको मृत्यु भयो, यो दुःखद घट्ना हो ।’

सड्क छेउको खाल्डोमा डुबेर  गरुडा नगरपालिका–४ बस्ने राम इकबाल शाहको छोरी बर्ष ९ की सुनीता कुमारी शाह र निजकै छोरी बर्ष १२ की संगिता कुमारी शाह सोही ठाउँ बस्ने जोगिन्द्र शाहको छोरी बर्ष ९ कि सुनौना कुमारी शाह प्रेम नारायण शाहको छोरी बर्ष ९ कि सुस्मिता कुमारी शाहको मृत्यु भएको थियो।

 ‘यो घट्ना अत्यन्त दुःखदायी हो, घट्नाको जानकारी पाउनासाथ घट्नास्थलमा प्रहरी पुगेको थियो त्यतिबेला एउटा बालिकाको शव तैरीरहेको अवस्था र अन्य तिन शवहरु खाल्डोभित्रै रहेको प्रहरीले फेला पारको थियो’, मन्त्री शर्माले भने।

प्रकाशित: २५ श्रावण २०७४ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App