१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा.केसीको समर्थनमा भरतपुरमा रिले अनशन सुरु

अनसन सुरु गर्दै चितवनका युवा। तस्विरः रमेशकुमार

चितवन— मेडिकल शिक्षामा सुधारमा माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा बुधबारबाट भरतपुरमा रिले अनशन सुरु भएको छ। डा.केसीले साउन नौ गतेदेखि अनशन सुरु गरेका हुन्। उनले अनशन सुरु गरेको यो एघारौं पटक हो। स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग पुरा गर्ने बारेमा ध्यान नदिएको भन्दै भरतपुरमा रिलो अनशन सुरु भएको हो।

सोलिडारिटी फर गोविन्द केसी एलायन्स चितवन नामक संस्थाले रिले अनशन सुरु गरेको हो। भरतपुरको चौविसकोठीमा अनशस सुरु हुनुअघि एलायन्सले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाएको थियो। डा.केसीको माग स्वास्थय शिक्षा र चिकित्सा क्षेत्रलाई जनमुखी बनाउने उद्देश्यले आएको कारण अबिलम्ब ती मागहरु पुरा हुनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ।

‘अब हामी माग पुरा नहुँदासम्म छ–छ घण्टाका दरले दिनमा चार टोली बनाइ पालै पालो अनशनमा बस्ने छौं’ एलाइन्सका चितवन संयाुजक अमर घिमिरेले बताए। डा.गोविन्द केसी आठौं पटक अनशनमा बस्न सुरु गरेदेखि नै उनको समर्थनमा घमिरे लगायतका युवाले चितवनमा प्रदर्शन गर्दै आएका छन्।

यस पटक पनि एलायन्सले साउन १३ गतेबाट चौबिस कोठी चोकमा साँझपख साढे पाँच बजेदेखि छ बजेसम्म आधा घण्टा नियमित प्रदर्शन गर्दै आएको छ । अनशनसँगै प्रदर्शन पनि जारी नै रहने संयोजक घिमिरेले बताए । अनशन र प्रदर्शनमा सरिक हुन घिमिरेले अपिल पनि गरेका छन् ।

प्रकाशित: २५ श्रावण २०७४ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App