१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रहरी छवि स्वच्छ पार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवा। फाइल तस्विर

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन डटेर काम गर्न बरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।
 
सोमबार प्रधानमन्त्री कार्यालयमा भेट्न आएका नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र हालै बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षकहरूलाई निर्देशन दिँदै जनधनको सुरक्षाका साथै प्रहरीको छविलाई स्वच्छ राखेर काम गर्न निर्देशन दिएका छन्।
 
प्रधानमन्त्रीले असोज २ गते हुने प्रदेश नम्वर २ को चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाउन पनि प्रहरीलाई निर्देशन दिए। प्रहरीको काम सुरक्षामात्रै नभई जनताको दःुख–सुखमा साथ दिने पनि भएको प्रधानमन्त्री देउवाको भनाइ थियो।
 
उनले प्राकृतिक प्रकोपमा पनि प्रहरीले चुस्त रुपमा कार्य गर्नुपर्ने भन्दै त्यसमा पनि सतर्क रहन निर्देशन दिएका थिए।
 
प्रतिनिधसभा र प्रदेससभाको चुनावका लागि पनि शान्ति सुरक्षाको अवस्था मजबुत पार्न पनि निर्देशन दिए।
 

प्रकाशित: २३ श्रावण २०७४ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App