१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपा केन्द्रीय समितिमा चुनावी अजेन्डा

काठमाडौं- राष्ट्रिय जनता पार्टी, नेपालको केन्द्रीय समिति बैठक आइतबार काठमाडौंमा सुरू भएको छ। बैठकमा असोजमा प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने या नहुने अजेन्डामा छलफल सुरु भएको छ। बैठकामा बोल्ने केही नेताले संविधान संशोधन नभए पनि पार्टी चुनावमा जानुपर्ने बताएका छन् भने केही नेताले संशोधनबिना चुनावमा जान नसकिने अडान राखेका छन्।

बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सरकारले तीनबुँदे सहमति कार्यान्वयन गरे चुनावमा जान सकिने बताए। अध्यक्षमण्डलका दुई सदस्य राजेन्द्र महतो  र अनिल झाले संविधान संशोधनबिना चुनावमा जान नसकिने बताए। अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई तीन–चार दिनको समय दिएर पार्टी चुनावमा जानुपर्ने बताए। उनको आसय संविधान संशोधनबिना पनि पार्टी चुनावमा जानुपर्छ  भन्ने थियो।

बैठकमा प्रस्तुत  राजनीतिक प्रतिवेदनमा सरकारले गरेको तीनबुँदं सहमति कार्यान्वयन भए चुनावमा जाने उल्लेख छ।

बैठकमा नेता हृदयेश त्रिपाठीले चुनावमा नगए पार्टीको अस्तित्व समाप्त हुने धारणा राखेका थिए। पहिलो र दोस्रो चरणको चुनावमा  पार्टी दर्ता नै नभएकाले बहिस्कार गर्नुपर्ने बाध्यता भए पनि अब त्यस्तो बाध्यता नभएको उनले बताए। तेस्रो चराणको चुनावमा पार्टी चुनावमा जानुपर्ने धारणा उनको थियो।  

प्रकाशित: २३ श्रावण २०७४ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App