१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौँ जिसस प्रमुखमा वैद्य

काठमाडौँ – काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्। 

आइतबार भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेका छन्। 

यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरेका छन्। 

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए। निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन्। नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ । रासस 

प्रकाशित: २२ श्रावण २०७४ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App