१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवि शिक्षण अस्पताल : एउटै शय्यामा चार जना बिरामी

काठमाडौं- नुवाकोट बेलकोटका ३२ वर्षीय लक्ष्मण कँडेल गत बुधबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भेटिए। बिहानदेखि कान दुखेर पीप बगेपछि  उनलाई पत्नीले अस्पताल पुर्‍याएकी थिइन्।

उनले लगातार ६ घन्टा आकस्मिक कक्षमा उभिइरहनुपर्‍यो। कारण थियो, उनलाई राखिएकै शऒ्ढयामा अन्य दुई बिरामी थिए। 'खाली नभएपछि के गर्नु? उभिएरै दिन काट्नुभयो', पत्नी अम्बिका कँडेलले भनिन्। सोही शऒ्ढयामा अन्य दुई महिला पनि थिए। एकजना सुतेकी थिइन् भने अर्की बसेरै सलाइन पानी लिइरहेकी थिइन्।

छेउकै शऒ्ढयामा कष्ट झेल्दै थिइन् नुवाकोटकी कान्छीमाया तामाङ। ज्वरो र बान्ता भएपछि गत सोमबार आकस्मिक कक्षमा पुगेकी थिइन्। त्यही शऒ्ढयाको अर्को कुना बसेकी थिइन् काठमाडौं काभ्रेस्थलीकी मनिता श्रेष्ठ। उनी खुट्टा सुन्निएर आएकी थिइन्। त्यही शऒ्ढयामा थिइन् धुम्बाराहीकी कमला गहतराज। उनी एपिन्डिक्स भएर अस्पतालमा पुगेकी थिइन्। उनी त्यहाँ आएदेखि एकपटक पनि पल्टिन पाएकी थिइनन्। 'अस्पतालमा पनि उठेरै बस्नुपर्ने कस्तो होला?' उनले सुनाइन्।

स्वास्थ्यकर्मीका लागि यस्ता दृश्य सामान्य लागिसकेको छ। आकस्मिक कक्षका निमित्त प्रमुख प्राध्यापक डा. योगेन्द्र शाक्य भन्छन्, 'जतिजना आए पनि अवस्था हेरेर उपचार गर्छौं।'

चिकित्सकका अनुसार अस्पताल पुगेपछि पाउने आधारभूत सुविधाबाट बिरामी वञ्चित छन्। 'अप्ठेरो महसुस गर्छन्, तैपनि उपचार गर्नुपर्ने बाध्यताले केही भन्दैनन्,' उनले भने।

शऒ्ढया त कम छ नै बिरामीले शौचालयमा समेत पालो कुर्नुपर्ने बाध्यता छ। 'शौचालयमा पालो पर्खंदा बिरामीलाई सास्ती हुन्छ,' डा. शाक्यले भने।

कक्षमा बिरामीको भीड हुँदा कहिलेकहीं अक्सिजनसमेत कमी हुन्छ। एउटै शऒ्ढयामा भिन्नभिन्न खालका बिरामी राख्दा रोग सर्ने सम्भावना बढी हुने डा.शाक्य बताउँछन्।

आकस्मिक कक्षको दुरवस्था देखेर यहाँ खटाइएका चिकित्सक धेरै नटिक्ने डा. शाक्य बताउँछन्। उनले भने, 'वर्ष दिनका लागि भनेर खटाइएका चिकित्सक ६ महिनामै छाडेर जान्छन्।'

तैपनि आकस्मिक कक्षमा आउने सबै बिरामीलाई सेवा दिन सफल भएको उनी बताउँछन्।

आकस्मिक कक्षमा आर्थिक वर्ष २०७३ मा ४९ हजार ९ सय १६ जना बिरामीको उपचार भएको थियो। यस्तै ०७२ मा ४० हजार ४ सय ८२ जनाले सेवा पाएका थिए। यो त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षको क्षमताभन्दा तेब्बर बढी हो।

पाँच वर्षअघिसम्म  आकस्मिक कक्षमा १३ शऒ्ढया थियो। बिरामीको चाप बढेपछि बनाइएको नयाँ भवनमा अब्जरभेसन शऒ्ढयासहित ६० शऒ्ढया छन्। डा. शाक्यका अनुसार आकस्मिक कक्षको क्षमताभन्दा बिरामी तेब्बरको संख्यामा आउनाले एउटै शऒ्ढयामा चारजनासम्म बिरामी राखेर उपचार गर्नुपरेकोे हो।

नयाँ आकस्मिक कक्षको क्षमता ६० जनाको भए पनि दैनिक १ सय ३० देखि १ सय ४० जना बिरामी आउने शाक्यले बताए। त्रिवि शिक्षण अस्पतालप्रति बिरामीको विश्वास रहेकाले पनि कक्षमा भीड भएको हो। 'उपचारमा ढिला हुन्छ भन्दा पनि बिरामी भर्नाको पर्खाइमा  बस्छन्', डा.शाक्यले भने।

काठमाडौंको जनसंख्या १० लाख हुँदा यी शऒ्ढया निर्माण भएको हो। तर समय अनुकूल अस्पतालको शऒ्ढया विस्तार गर्न सकिएको छैन।

अहिले त्रिवि शिक्षण अस्पतालमा ६ सय शय्या छन्। आकस्मिक कक्षमा आएका बिरामीलाई तुरुन्तै भर्ना गर्न नसकिने डा.शाक्य बताउँछन्। 'कोही आकस्मिक कक्षबाटै डिस्चार्ज भएर जान्छन्, कोही शऒ्ढया नपाएर अन्य अस्पतालमा रेफर हुन्छन्', उनले भने।

कुनै दुर्घटना हुँदा सबैजसो बिरामी सीधै त्रिवि शिक्षण अस्पतालमै पुर्‍याइन्छन्। 'सरकारले सबै सरकारी अस्पतालमा बाँडेर पठाउन सके भार कम हुन्छ,' डा. शाक्यले भने।

उपत्यकाबाहिरका सबैजसो अस्पतालले यही अस्पतालमा जटिल बिरामी रेफर गरेर पठाउने चलनले पनि कक्षमा भीड बढेको डा. शाक्यले बताए। बिरामीसँगै कम्तीमा दुईजना कुरुवा बस्नाले पनि भीड हुने गरेको छ।

यी समस्या सम्बोधन गर्ने एक मात्र उपाय शय्या विस्तार गर्नुपर्ने शाक्यको धारणा छ। उनी भन्छन्, 'अन्य राष्ट्रमा ए लेभलको अस्पतालमा २५ सयसम्म शऒ्ढया हुन्छ। त्रिवि शिक्षण अस्पतालमा पनि यस्तै व्यवस्था हुनुपर्छ।' अस्पतालमा पहिले नै भवन भएकाले शऒ्ढया र जनशक्ति थप्ने तथा कक्षमा पनि स्थायी दरबन्दी पूर्ति गरेर उपचारसेवा राम्रो पार्न सकिने शाक्यको सुझाव छ।

प्रकाशित: २२ श्रावण २०७४ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App