१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोका कारण परिवार विस्तापित

तेह्रथुम–निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न क्षेत्रमा पहिरो खस्न थालेपछि तेह्रथुमका एक दर्जन बढी घर जोखिममा परेका छन्। पहिरोका कारण घर जोखिममा परेपछि म्याङलुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका केहि परिवार विस्थापितनै भएका छन्।

लगातारको बर्षाले पहिरोले घर बगाउने, पुर्ने जोखिम भएपछि घर छाडेर छिमेकीकोमा बसिरहेको म्याङलुङ जिरिखिम्ती सुर्केबजारका रामप्रसाद गौतमले बताए। निरन्तर वर्षापछि जिल्लाका साविकका मोराहाङ,श्रीजुङ,आम्बुङ, आङिदम लगायतका ठाउँमा पहिरोले स्थानीयलाई त्रसित बनाएको छ । बर्षा सगै खसेको पहिरोले म्याङलुङ ९ का पवन पोख्रेलको घरमा समेत क्षति पुगेको छ ।

बर्षाले म्याङलुङ–बसन्तपुर सडकखन्डको टुक्रे, जिरीखिम्ती, सुर्के, लसुने क्षेत्रका दर्जनौं ठाउँमा पहिरो खसेर सडक हिलाम्मे बनेको छ। सडक हिलाम्मे पछि यातायात सञ्चालनमा समेत समस्या भएको सवारी चालकहरुले बताएका छन्।  यस अघि हिलाम्य सडकले आजित भएका यात्रुहरु पहिरोका कारण समेत दुःख पाएका छन्। बिहान यात्रामा निस्कीएको  पुगेको यात्रु कुनबेला गन्तब्यमा पुगिन्छ भन्ने समेत टुंगो नहुने भएको छ। 

पहिरोका कारण म्याङलुङ बजारका लागि सञ्चालित खानेपानीका पाईपमा समेत क्षति पुगेको छ। बजारका लागि बिच्छ्याईएको पाईपहरु पहिरोका कारण चुडिए पछि खानेपानीको समेत समस्या भएको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् । खानेपानी पाईप मर्मतका लागि ईन्द्रदल गुल्मका जवानहरुले समेत सहयोग गरि रहेका छन् । बर्षाले पिगुवा खोलामा पानीको महाब बढे पनि कुलो पहिरोले पुरिएपछि किसानहरुले समयमै धान रोप्न समेत नपाएको बताएका छन् । पहिरोले पिगुवा सिचाई कुलोको दर्जन बढी ठाउँमा पुरे पछि किसानहरुले धान रोप्न समेत नपाएको म्याङलुङ ९का युद्ध बहादुर लिम्बुले बताए। उनले धान रोप्ने समयमा किसानहरु कुलो मर्मत गर्नमै ब्यस्त भएको जानकारी दिए।

जिल्लामा दुई महिना अघि पहिरोकै कारण म्याङलुङ ५ आम्दीममा एकै घरका तिन जनाको मृत्यू भए पछि जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिरोबाट जोखिममा परेका गाउँका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। खाम्लालुङ,ह्वाकु,ईवा, आङ्दिम र फुलेक सहित जिल्ला भरका १५ बढी बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन्।

 

प्रकाशित: २१ श्रावण २०७४ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App