१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सडकको खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु

सडक निर्माणका लागि खनिएका खाल्डाेमा डुबेर मृत्यु भएका चार बालिकाहरू । तस्बिर : मदन ठाकुर

रौतहट – रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेहरूमा  स्थानीय जोगेन्द्र शाहकी ९ वर्षीय छोरी सुनैना कुमारी, रामएकवाल शाहकी १२  र ९ वर्षीया छोरी संगिता कुमारी र सुनिता कुमारी, प्रेमनारायण शाहकी ९ वर्षीया छोरी सुस्मिता कुमारी रहेका छन् । 

घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डकोे खाल्डामा पुगेका थिए । 

चारै बालिकाहरूलाई पाेष्टमार्टमका लागि जिल्ला अस्पताल गाैर पठाइएकाे इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए। 

चारदिनदेखि अविरल रुपमा परेको पानीले सडकका प्राय खाल्डाहरू भरिएर पोखरी भएका छन् । 

 

 

 

 

प्रकाशित: २१ श्रावण २०७४ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App