१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डा.केसीको माग विधिसम्मत छ : पूर्व प्रधान न्यायाधीस कार्की

काठमाडौँ – पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीले डाक्टर गोविन्द केसीले उठाएकोे माग विधिसम्मत भएको बताएकी छिन् । डाक्टर केसीको समर्थनमा आयोजित र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै उनले यो लडाई विकृति विरुद्धको पनि भएकाले आम जनताको पक्षमा रहेको बताइन्।

उनले डाक्टर केसी १३ दिन देखि भोकभोकै विकृति विरुद्ध लडेको भन्दै आफू सधैँ केसीको पक्षमा हुने बताइन् । उनले भनिन्, ‘उहाँको माग गरिव विद्यार्थीले पढ्न पाओस, चिकित्सा शिक्षामा व्यापार नहोस, सामजिक न्याय होस भन्नका लागि हो ।’ उनले थपिन, ‘यसै अनुसार कानुन बन्नुपर्छ भन्नु न्यायसम्मत विषय हो ।’ साथै उनले आम नागरिकलाई यो विकृति विरुद्धको लडाईमा साथ दिन आह्वान पनि गरिन्। 

‘जसले जे मन लाग्यो त्यही गर्ने ? त्यही हुँदा हामी चुप बसिराख्ने ?’ कार्कीले थपिन, ‘सरकारले बेलैमा सोचोस, कुनै दुर्घटना भयो भने देशकै लागि कलंक हुनेछ।’

 यसअघि उनले माइतघरदेखि बानेश्वरसम्मको र्‍यालीको नेतृत्व समेत गरेकी थिइन् । 

प्रकाशित: २१ श्रावण २०७४ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App