१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

डोटी- डोटीको बोगटान गाउँपालिका–६ गगुडामा भएको यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर छ। दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा एकजना महिला र ८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतकहरुमध्ये यात्रु सबै बोगटान गाउँपालिका-१ सिमचौर चपरर्तोलाका हुन्। चालक २८ वर्षीय बिष्णु नेगी भने,  शिखर नगरपालिका-१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन्।

अन्य मृत्यु हुनेहरुमा ३५ वर्षीय बिष्णुबहादुर मगर, ५० वर्षीय बुढो घर्तीमगर, ४५ वर्षीय गोरख थापामगर, ४५ वर्षीया ललिता देबी पुनमगर, ४८ वर्षीय शशिरामबहादुर पुनमगर, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र ५५ वर्षीय भिमबहादुर घर्तीमगर रहेका छन्।

यस्तै गम्भीर घाइतेहरुमा बोगटान गाउँपालिका-१ सिमचौर चपरर्तोलाकै दलबहादुर पुनमगर, हर्कबहादुर घर्तीमगर, वीरबहादुर घर्तीमगर र प्रकाश बहादुर घर्तीमगर रहेका छन्। सामान्य घाइतेहरुमा नरबहादुर पुनमगर, इन्द्रबहादुर पुनमगर र दीपक घर्तीमगर रहेका छन्।

जीप सडकबाट करिब चार सय मिटर तल खसेको छ। जीपमा कूल १६ जना सवार थिए। बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। 

घाइते अस्पताल पुर्‍याउन ढिलाई

घाइतेहरुलाई उपचारका लागि घटनास्थलबाट हिँडाएको ७ घण्टा बित्दापनि अस्पताल पुर्‍याइएको छैन। घटनास्थलबाट राति करिब १ बजेतिर हिँडेको जीप केही दूरी पार नगर्दै सडकमाथिबाट आएको पहिरोका कारण अघि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका नायब प्रहरी उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए।

त्यसपछि दिपायलबाट बिहान अर्को जीप पठाएर ल्याउन लागिएको उनले बताए। घाइतेहरु दिपायल पुग्न अझ ३ घण्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान छ। जसले गम्भीर घाइतेहरुको अबस्था जोखिममा रहेको उनले बताए।

प्रकाशित: २१ श्रावण २०७४ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App