१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एकाएक महिलाहरूको कपाल गायब भएपछि...

नयाँ दिल्ली –  सुतेर बिहान उठ्दा कसैले आफ्नो कपाल काटिदिएको भन्दै भारतको राजस्थानका करिब ५० महिलाहरूले प्रहरी समक्ष उजुरी दिएका छन् । 

उनीहरूको उजुरीमा प्रहरीले अनुसन्धान थालिसकेको भएतापनि प्रहरीले वास्तविकता पत्ता लगाउन सकेको छैन् । एक पीडित महिलाले  उनी होसमा हुदाँ उनीमाथि अत्याधिक प्रकाश फालिए लगतै बेहोस भएको र होसमा आउँदा आफ्नो कपाल नरहेको उनले प्रहरीलाई बताईन् । 

भारतको राजस्थान र हरियाणा प्रहरीले यसबारे अनुसन्धान थालिसकेका छन् । घटनालाई कसैले अलौकिक शक्तिको प्रभाव मानेका छन् भने कतिपयले यसबारे अविलम्ब अनुसन्धान सुरु गरी दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । राजस्थान प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र केही दिनमा नै सत्यता पत्ता लाग्ने बताएको छ । 

प्रकाशित: २० श्रावण २०७४ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App