१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाले बगाएर महिलाको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ को  पाटीचौरस्थित ठाडो खोलाले बगाएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

साबिक सूर्यविनायक नगरपालिका ४ खड्कागाउँं दधिकोट निवासी ५६ वर्षीया सत्यावती खड्काको खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।

करिब एक सय मिटर तल श्री भैरबी आधारभूत विद्यालय पछाडि कलभटमा उनलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दिउँंसो साढे दुई बजे भीषण पानी परिरहेको बेला खेतबाट घरमा फर्केने क्रममा खोलाले बगाएको महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रमुख सई कुमार श्रेष्ठले बताए । 

मृतकको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको उनले जनाए । 

 

प्रकाशित: १९ श्रावण २०७४ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App