१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उतर कोरिया भ्रमण गर्न बन्देज लगाइने

न्युयोर्क- आगामी सेप्टेम्बर १ देखि अमेरिकाले उत्तर कोरियाको यात्रा गर्न आफ्ना नागरिकहरूमाथि बन्देज लगाउने घोषणा गरेको छ। भ्रमणका क्रममा उत्तर कोरिया गएका एक अमेरिकी विद्यार्थीलाई सन् २०१६ देखि बन्दी गृहमा राखेको थियो। बन्दी गृहबाट रिहा भएर अमेरिका फर्किएलगतै उनको मृत्यु भएको थियो। उनको मृत्युपश्चात् अमेरिकाले उत्तर कोरियाको यात्रा गर्नका लागि अमेरिकी नागरिकमाथि बन्देज लगाएको थियो।

अमेरिकाले बन्दीगृहमा रहँदा उनलाई चरम यातना दिएकाले उनको रिहा हुने बितिकै मृत्यु बताउँदै आएको छ।  उतर कोरियाले रिहा गराउने बितिकै उपचारका लागि उनलाई स्वदेशकै एक अस्पतालमा लगिएको थियो। चिकित्सकहरूका अनुसार स्नायु प्रणालीसम्बन्धी गम्भीर प्रभाव परेकाले उनको उपचार असम्भव थियो। 

सन् २०१६ को जनवरीमा पर्यटककारूपमा उत्तर कोरिया गएका उनलाई बन्दीगृहमा राखिएको थियो। उत्तर कोरियाले उनीमाथि उत्प्रेरणा उनीहरूको संस्कारमा प्रभाव पार्न खलल् पार्नका लागि प्रयास गरेको आरोप लगाएको थियो। 

उत्तर कोरियामा अझै पनि ३ अमेरिकी विद्यार्थीहरूलाई बन्दीका रूपमा राखिएको अमेरिकाको दाबी छ। उनीहरूको तत्कालै रिहाको माग अमेरिकाले गरेको छ।

प्रकाशित: १९ श्रावण २०७४ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App