१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जापान जाने खेलाडी छनोट

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ।

साउन २७ गते जापान जाने नेपालले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्नेछ। मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेल्दाको टोलीमा ४ खेलाडी परिवर्तन गरिएको छ। गोलकिपर किरणकुमार लिम्बु, रक्षक आदित्य चौधरी र मिडफिल्डर रोहित चन्द जापान भ्रमणमा हुने छैनन्। किरणको स्थान विशाल श्रेष्ठले लिनेछन् । फिलिपिन्सविरुद्ध रातो कार्डको सामना गरेछि यमनविरुद्धको खेल गुमाएका विक्रम लामालाई टोलीमा बोलाइएको छ । आदित्यको स्थानमा विमल बस्नेत लिएका छन्  । रोहितको स्थान विक्रम लामाले लिनेछन् भने सुमन लामाले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाली क्लबमा अनुबन्धित भएका छन् । आदित्य घाइते छन् । 

नेपालले साउन २९ गते गाब्बा ओसाका यु–२३ विरुद्ध खेल्नेछ । ख्वानसेइ गाकुइन युनिभर्सिटीविरुद्ध साउन ३२ गते खेल्ने नेपालले भदौ १ गते एमिती स्पोटर््स क्लबविरुद्ध खेल्नेछ । नेपालले भदौ २ गते हनान युनिभर्सिटीसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल भदौ ३ गते भिसेल कोबेको यु–१८ टोलीविरुद्ध खेल्नेछ । त्यसबाहेक नेपालले जापानको घरेलु लिग जे–लिगको एक खेल हेर्नेछ ।

मुख्य प्रशिक्षक ग्योटोकु कोजी रहेको टोलीमा ३ गोलकिपर, ९ रक्षक, ७ मिडफिल्डर र ५ फरवार्ड रहेका छन्। मुख्य प्रशिक्षक कोजीलाई राजुकाजी शाक्य र उज्ज्वल मानन्धरले सघाउनेछन् । टोली व्यवस्थापक विराटजंग शाही, डक्टर राजु डंगोल र दोभासे रोशन तुलाधर पनि टोलीमा समावेश छन् ।

जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको एन्फाले जनाएको छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले भदौ २० गते ताजकिस्तानविरुद्ध काठमाडौंमा प्रतिस्पर्धा गर्नेछ । एएफसी एसिया कप छनोट प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले फिलिपिन्स भ्रमणमा ५–१ को नतिजा बेहोरेको थियो भने यमनसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली :

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने ।

रक्षक : विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दिनेश राजवंशी र मानबहादुर तामाङ ।

मिडफिल्डर : विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापामगर, सुनिल बल।

फरवार्ड : अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा ।

मुख्य प्रशिक्षक ग्योटोकु कोजी, प्रशिक्षक  राजुकाजी शाक्य र उज्वल मानन्धर, डक्टर राजु डंगोल, दोभासे रोशन तुलाधर ।

जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको एन्फाले जनाएको छ

प्रकाशित: १८ श्रावण २०७४ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App