१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुर १९ मा साउन २० गते मतदान हुने

चितवन- भरतपुर महानगरपालिकाको वडा नं. १९ मा साउन २० गते मतदान हुने भएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरणमा बैशाख ३१ गते मतदान भएको भरतपुरमा वडा नं. १९ को मतगणना जारी रहँदा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले फेरि मतदान गराउन भने पनि सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

अदालतले पनि आइतबार मात्रै आयोगकै निर्णय सदर गरेको थियो । भरतपुर वडा नं. १९ मा तीन हजार ७९७ मतदाता छन् । यसअघि सो वडामा दुई हजार ८६० मत खसेको थियो । भरतपुरमा काँग्रेस माओवादीबीच चुनावी गठबन्धन छ । गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल उम्मेद्वार छिन् । एमालेले देवि ज्ञवालीलाई मेयर पदमा उठाएको छ।

कुल २९ वटा वडा रहेको भरतपुरमा १९ र २० नम्बर वडा बाहेक अरु सवै वडाहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । १९ को गणना अन्तिम हुँदै गर्दा मतपत्र च्यातिएको हो । मतपत्र च्यातिनुअघि वडा नं. १९ को १८ सय मत गनेर परिणाम सार्वजनिक भएको थियो । जसमा एमालेका ज्ञवाली माओवादी केन्द्रकी दाहालभन्दा ७३३ मतले अगाडी थिए।

सोचे जस्तो मत नआएपछि फेरि मतदान गरेमा धेरै मत ल्याउने सक्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ । प्रहरीले मतपत्र च्यातेको अभियोगमा द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई तत्कालै गिरफ्तार गरेको थियो । उनीहरु माओवादी केन्द्रका गणना प्रतिनिधिहरु हुन् । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित: १७ श्रावण २०७४ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App