वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि, २५ सयसम्म तिर्नुपर्ने

सोमबार, १६ साउन २०७४, १४ : ४९ रोशन सेढाई

काठमाडौं- सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै वैदेशिक रोजगारमा जाने कामदारले अब कल्याणकारी कोषमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ। यसअघि एक हजार रुपैयाँ जम्मा गर्दै आएका कामदारले अब रोजगारीको अवधि हेरेर २५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने हुन्छ।

कोषको रकम दुरुपयोग भएको, बोर्डका पदाधिकारी र नेता, मन्त्रीहरुलेले नातागोतालाई वैदेशिक भ्रमणमा लगेको गुनासाहरु आउने गरेका छन्।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार तीन वर्षसम्मको करार अवधि भएका कामदारले १५ सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने सोभन्दा बढी करार अवधि भएकाले २५ सय रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। 'खाडी राष्ट्र र मलेसिया जाने कामदारले अब १५ सय रुपैयाँ तिर्नुपर्छ भने कोरिया, इजरायल, जापानलगायतका देशमा जानेहरुले २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। किनकि उनीहरुको करार अवधि तीन वर्षभन्दा बढी हुन्छ,' बोर्डका एक अधिकारीले भने।

यो निर्णयसँगै सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट व्यवस्था अन्योलमा परेको छ। यतिमात्र नभएर यो निर्णयले तीस लाख बढी कामदारलाई आर्थिक भार थप्नेछ।

यता कोषको रकम दुरुपयोग भएको, बोर्डका पदाधिकारी र नेता, मन्त्रीहरुलेले नातागोतालाई वैदेशिक भ्रमणमा लगेको गुनासाहरु आउने गरेका छन्। अहले उक्त कोषमा तीन अर्ब बढी रकम जम्मा भइसकेको छ।

सरकारले नेपाली कामदारको लागि खाडीसहित दस वटा राष्ट्रमा रोजगारीको व्यवस्था गरेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

Ncell Footer Ad