१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चको आदेश चोरलाई चौतारो : ज्ञवाली

चितवन- गणना क्रममा मतपत्र च्यातिएको भरतपुर महनागरपालिका– १९ मा फेरि मतदान गराउन सर्वोच्च अदालतले आइतबार दिएको आदेश अन्यायपूर्ण भएको प्रतिक्रिया मेयर पदका उम्मेदवार देवी ज्ञवालीले दिएका छन्। उनी महानगरपालिकामा एमालेका उम्मेदवार हुन्। गणनामा उनको अग्रता भइरहेको अवस्थामा मतपत्र च्यातिएको थियो।

'यो त चोरलाई चौतारो र साधुलाई सुली भने झै भयो', नागरिकसँग टेलिफोनमा ज्ञवालीले भने।

 एमाले चुनाव विरोधी पार्टी नभएका कारण अब अन्यायको बदला मतदानबाटै लिने उनले बताए। 'गलत नियत राखेर मतपत्र च्यात्ने काम भएको थियो। त्यस्तालाई सजाय होस भन्नका लागि अदालत गएका थियौं। तर अदालतले हाम्रो भावना अनुरुपको फैसला गरेन। यसो भयो भन्दैमा हामी हरेस खाने छैनौं। फेरि मतदानबाट जितेर देखाउँछौं' ज्ञवालीले भने।

 एमालेले चुनाव जित्ने अवस्था भएपछि मतपत्र च्यातेर रोक्ने काम भएको उनले बताए। 'एमालेले अब पनि जित्दै छ। त्यो सबैलाई थाहा छ। तर विरोधी फेरि पनि हाम्रो विजयलाई छेक्न तम्सने खतरा कायमै छ', उनले भने।

 जनतासँग सधैं जोडिएर बसेका कारण चुनावदेखि आफू नडराएको उनले बताए। 'अब हामी तयारीका साथ यो दुखद घटनाको भण्डाफोर गर्दै जनतासँग मत माग्न तत्कालै गइहाल्छौं। अब न्याय जनताले नै दिनुपर्ने अवस्था आयो', ज्ञवालीले भने।

अब प्रचारमा जुट्छु : दाहाल

 भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएकी छिन्। दाहाललाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। 'वर्तमान ऐनकानुन अनुसार सर्वोच्च अदालतबाट जुन फैसला आएको छ त्यो स्वागत योग्य छ। हामी अदालतको फैसला कुरेर बसेका थियौं। अब मतदाताको माझमा भोलिबाटै जाने छौं,' आइतबार साँझ दाहालले भनिन्।

प्रकाशित: १६ श्रावण २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App