१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा.गोविन्द केसीको समर्थनमा चरणबद्ध आन्दोलन

धनगढी– विभिन्न माग राखी १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थन र जीवन रक्षाकालागि चरणबद्ध आन्दोलन सुरु गरिएको छ।  आइतबार बिहान धनगढीमा प्रध्यापक, व्यवसायी, उद्योगी, चिकित्सक, राजनीतिक दलका नेता, कानुन व्यवसायी, शिक्षक, पत्रकार र युवालगायतको सम्पन्न भेलाले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

भेलाले आन्दोलनको संयोजनलागि नगारिक समाजका अगुवा प्रमोद पाठकको संयोजकत्वमा ५ सदस्यीय ‘डा. गोविन्द केसी बचाउ नागरिक अभिायन धनगढी’ बनाएको छ । भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सेती अंचल इन्चार्ज महेश्वर पाठक, नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनु, नयाँ शक्ती पार्टीका हरि श्रीपाइली, नेपाल उद्योग वाणिज्य सँघका केन्द्रस्य सदस्य गोपाल हमाल, कैलाली बहुमुखी क्याम्पसका प्रमुख सुरेन्द्र चन्दलगायत ठूलो संख्यामा भेलामा सहभागी थिए।

भेलामा वोल्दै एमाले केन्द्रीय सदस्य पाठकले जायज माग राखेर अनसनमा बसेका डा. गोविन्द केसी मुर्न पर्ने अवस्था आउनु दुःखद भएको बताए। राज्यले उनका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनु पर्ने  उनको भनाइ थियो। यसैगरी नेपाल उद्योग वाणिज्य सँघका केन्द्रीय सदस्य गोपाल हमालले डा. केसीले उठाएका माग जायज भएकाले सवै जनताले समर्थन र साथ दिनु पर्ने बताए।
आन्दोलनको संयोजन गर्न ५ सदस्यीय समिति
डा. केसीको समर्थनमा चरणबद्ध आन्दोलनका लागि नागरिक समाजका अगुवा प्रमोद पाठक संयोजत्वमा कृष्ण महरा, डा. पदमराज जोशी, रविनपन्त, मोहन शर्मा सदस्य रहेको समिति गठन गरिएको छ। 

‘डा. गोविन्द केसी बचाउ नागरिक अभियान धनगढी’ नाम रहेको ५ सदस्यीय समिति आन्दोलनको तयारीमा जुटेको छ। आइतवार साँझ ५ बजे धनगढीमा बृहद र्याली आयोजना गर्ने तयारी गरेको संयोजक पाठकले बताए।  डा. गोविन्द केसीकामाग पूरा नभएसम्मअ ाइतवार साँझदेखि धनगढीको केन्द्र पार्कमोडमा रिले अनसन बस्ने तयारी भइरहेको संयोजक पाठकले बताए ।

 

प्रकाशित: ९ श्रावण २०७३ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App