१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खानी खोलाले बगाउँदा एकको मृत्यु

नुवाकोट- ककनी गाउँपालिका-१ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्। बाढी आइरहेका समयमा खोला तर्ने क्रममा बगेर दुप्चेश्वर गाउँपालिका-२ गाउँखर्क करिडुङका २८ वर्षीय तातेबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। खोलाले बगाएर पाँच सय मि तल ढुंगाको च्यापमा अड्किएका तामाङलाई झिकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिए।

तातेबहादुरसँगै हात समातेर खोला तर्ने क्रममा बगेका रञ्जमान तामाङ खोलामा छेउको रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्। उनको शरीरको विभिन्न स्थानमा चोट लागेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरु पानी घट्टको ढुंगा कुँद्न तथा घट्ट मर्मतका लागि केही दिनअघि मात्र त्यस क्षेत्रमा गएका थिए। रासस

प्रकाशित: १५ श्रावण २०७४ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App