१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

कालीकोट –  जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । 

जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताए। मृतक गोरीकला फर्सालका पाँच छोरी रहेको बताइएको छ। 

जिल्ला अस्पताल कालीकोटका अनुसार गएको महिना बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको थियो । 

तिलागुफा नगरपालिका निवासी एक महिलालाई सरकारले हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याउँदा मृत्यु भएको थियो । जिल्ला अस्पताल कालीकोटका प्रमुख रवीन खड्काले स्रोत साधनको अभावका कारण उपचार गर्न नसकिएको बताउँछन् । रासस 

प्रकाशित: १४ श्रावण २०७४ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App