१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

क्यानभास नेपाली, कुची विदेशी

छुनी पेल्ज्याङ भुटानी कलाकार हुन्। राजधानीस्थित गोदावरी रिसोर्टमा शुक्रबारदेखि सुरु भएको 'सार्क आर्टिस्ट क्याम्प'मा कला कोर्न उनी नेपाल आएकी हुन्। पहिलोपटक नेपाल आएकी भुटानी भए पनि उनी नेपाली बोल्न रुचाउँछिन्। उनीजस्तै दक्षिण भुटानमा बस्ने भुटानीहरू प्रायः नेपाली नै बोल्छन्।

उनी अमूर्तकला कोर्न रुचाउँछिन्। भुटानमा आधुनिक कला पढ्ने व्यवस्था छैन। ‘परम्परागत कला देशमै सिकाइने भए पनि अरु कला सिक्ने अवसर छैन,’ छुनी आफ्नो देशको कला व्यथा पोख्छिन्, ‘नभएको विषय छात्रवृत्तिमा अरु देशमा पढ्ने व्यवस्था भने कलाको संस्थाले मिलाउँछ।’

राजा र रानी हामीले जस्तै चित्र कोर्छन्, त्यसले हामीलाई झनै हौसला मिलेको छ। यसअघिका राजाले भने परम्परागत थांका र बुद्धका चित्रकलालाई मात्र जोड दिएकाले अन्तर्राष्ट्रिय स्तरमा भुटानको कला पुग्न सकेको थिएन।

१९ वर्षअघि उनको देशमा खुलेको कलाकारको संस्था हो, भास्ट भुटान। यसले कलाकारितामा लाग्न रुचाउनेलाई मात्र होइन, अरु विषय पढ्दापढ्दै बाटो बिराएकालाई कलासँग जोडेर भावनात्मकपन भर्न सहयोग गर्ने छुनी उल्लेख गर्छिन्।

उनले त्यही संस्थामार्फत पाकिस्तानको लाहोरमा बसेर कलाकारिता पढ्ने अवसर पाइन्। भिजुअल कम्युनिकेसनमा स्नातक गरेकी उनको रुचि डिजिटल आर्टमा बढी छ। अहिले भने उनी अमूर्तकलामा पनि उनको रुचि बढेको छ। आर्ट अफ गिभिङ अर्थात् कलामार्फत दिने उनीहरूको कला नारा हो। यसैबाट आफूले कलामार्फत केही दिन सिकेको उनी बताउँछिन्। ‘हामीले चित्रकला दान गरी आएको रकम नेपालका भूकम्पपीडितलाई दिएका थियौँ,’ उनले भनिन्, ‘देशमै पनि हामी समाजका बाबुनानीका लागि कलादान गरेर सेवा गरिरहेका छौँ।’ उनका अनुसार पढ्न नसक्ने गरिब बालबालिकालाई कलाकारिता पढाउने व्यवस्था उनीहरूले गरेका छन्। कलाकारिताबाटै उनी थुप्रै देश घुमेकी छन्। अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएकी उनी नेपालको सार्क कलाकार्यशालामा नेपाल र भुटान जोड्ने सम्बन्धका चित्र बनाउने योजनामा छिन्।

उनीजस्तै कला लिने विषय मात्र नभई कसैको जीवनलाई केही दिने विषय भएको ठान्छिन्, भुटानी कलाकार तेन्जिङ योङछ्याङ। उनी अहिले भारतको दिल्लीमा छात्रवृत्तिमै ग्राफिक डिजाइन् पढिरहेकी छन्।

उनी पनि रङहरूसँग आफ्ना भावना साट्न मन पराउँछिन्। ‘हामीलाई गुरुले पढ्ने र यसरी प्रतिभा देखाउने अवसर जसरी दिनुभयो, त्यसैगरी नयाँ पुस्ताका लागि हामीले काम गरिरहेका छौँ,’ उनले भनिन्।

एकले अर्कोलाई दिने सीप प्रयोग गरेर नै सुन्दर नाता बन्ने विश्वास राख्छिन् उनी। 'बुद्ध धर्मले पनि पहिले अरुका बारेमा सोच भनेको छ,' उनी भन्छिन्, 'नेपालमा केही फरक शैली देखाउने सोचमा छौँ। यहाँ आफ्नो प्रतिभा नै देखाउने हो।' आफूहरूको कलामा  यहाँको प्राकृतिक सुन्दरतासँगै बुद्ध चित्रित हुने उनले बताइन्। भुटानका अहिलेका राजा र रानी नै कला कोर्ने भएकाले पनि कलाकारितामा केही नयाँ गर्न आफूहरूलाई सघाउ पुगिरहेको उनीहरू बताउँछन्। ‘राजा र रानी हामीले जस्तै चित्र कोर्छन्, त्यसले हामीलाई झनै हौसला मिलेको छ,’ छुनीले भनिन्। यसअघिका राजाले भने परम्परागत थांका र बुद्धका चित्रकलालाई मात्र जोड दिएकाले अन्तर्राष्ट्रिय स्तरमा भुटानको कला पुग्न सकेको थिएन।

अरुलाई दिनका लागि भुटानका कलाकार अरु धेरै कमाउने काम गर्छन्। ‘हामी आफैँ कहिले सिकर्मी त कहिले कला बेच्ने पसलमा बस्छौँ,’ तेन्जिङले थपिन्, ‘यसले पनि केही दिनका लागि पुगेको छ, नत्र पैसाले मानिसलाई कहिले पुग्दैन।’ राम्रो काम र सहयोगी काम छ भने उनीहरू पैसा नलिएरै पनि काम गर्ने गर्छन्। छुनी र तेन्जिङसहित पाँच कलाकार भुटानबाट आएका छन्।

बंगलादेशका कलाकार शेख अब्जल हसन कलाकारितामै दोहोरो स्नातकोत्तर गरेका पुराना कलाकार हुन्। एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार हात पारिसकेका उनले सार्क स्तरीय कला कार्यशालामा आफ्नो पहिचान दिलाउने फिगरेटिभ चित्रकलालाई यहाँको प्रकृतिसँग जोड्दै छन्।

मुस्लिम, हिन्दू र बुद्ध धर्मावलम्बी रहेको देश हो, बंगलादेश। परम्परागत मुगल कलाबाट यहाँका कलाकार प्रभावित रहे पनि पछिल्लो समय कलाका धेरै विधा  भित्रिसकेको सेखले बताए। ‘कलाको कुनै भाषा हुन्न, न त धर्म नै हुन्छ,’ उनले भने, ‘त्यसैले पनि हामी यहाँ बसेर मानवता जोड्ने कलाकारिता गर्नेछौँ।’ उनले आफूहरूसँग अहिले धेरै नयाँ पुस्ताका कलाकार यसरी नै जहाँका कलासँग पनि भिज्न सक्ने कलाकार रहेको उल्लेख गर्छन्।

बंगलादेशमै कला स्कुल चलाइरहेका कलाकार रिजाउन नाबी पानीरङका पोख्त कलाकार हुन्। कलाले सधैँ एकअर्कालाई दिने नै सोच्ने भएकाले नेपालमा बसेको क्षणमा यहाँ केही सम्झनायोग्य कार्य गर्ने सोच उनले राखेका छन्। कार्यशालामा भने उनले एक्रेलिक रङमा प्रकृतिसँग खेल्नेछन्। सानैदेखि प्रकृतिप्रेमी उनी कलामा प्रकृतिको सुन्दरता भर्न निकै मन पराउँछन्।

श्रीलंकाका कलाकार जयन्त पुष्पकुमारा कार्यशालाबाटै दुई देशको कला पनि जोड्दै छन्। उनी प्रिन्ट चित्र कोर्दै आएका छन्। ‘यहाँ भने म बुद्धसँगै परम्परागत प्रभावलाई विभिन्न विधिका रङबाट प्रकृतिसँग दाँज्नेछु,’ उनले भने, ‘थिमसँगै देशका कला र संस्कार चित्रमा राख्नेछु।’

अर्का बंगलादेशी कलाकार बिजसेकारा स्कल्पचर कलाकार हुन्। सार्क कार्यशालाका लागि भने उनले पनि आफ्नो देश र नेपालको पहिचान चित्रकलामा खोज्नेछन्। उनीहरू दुवैले आफूले गरिरहेका कला भने अन्तिम दिनको कला प्रदर्शनीका लागि ल्याएका छन्। प्रकृतिसँगै हिन्दू र बुद्धका फ्युजन उनीहरूको कलामा अटाउनेछन्। भारतीय कलाकार नागदास आधुनिक कलामा पारंगत छन्। आधुनिक कलाबाट नेपाल र भारतको कलासंस्कृतिलाई नजिकबाट चिनाउने प्रयास गर्ने उनको योजना छ।

माल्दिभ्सका कलाकार अहमद आज्मी पनि कलामार्फत देशको चिनारी देखाउने तर्खरमा छन्। उनीहरूजस्तै सार्क राष्ट्रका अफगानिस्तानबाहेकका ६ देशका कलाकारले कलामार्फत एकअर्कालाई केही सीप र कलात्मक भावना हस्तान्तरण गर्नेछन्। सेक्रेट ब्युटी एन्ट ब्युटी अफ नेचर थिम दिइएको कार्यशाला देशको राजनीतिक सम्बन्धभन्दा फरक मानवबीचको सम्बन्ध जोड्ने सेतु भएको पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले बताए। ‘हामी फरक देशका विविध संस्कृति, भाषा र कला क्षेत्रका छौँ,’ कार्यशाला उद्घाटन गर्दै देवले भने, ‘तर कलाकारिताको एउटै भाषा रङ हो, यसले मानव–मानव सम्बन्ध मात्र बुझ्दछ।’ यस कार्यशालाले सार्क क्षेत्रका देशको कलाको संरक्षण र विकास गर्न सघाउने उनले बताए।

संस्कृति मन्त्रालयका सदस्यसचिव शंकरप्रसाद अधिकारीले दक्षिण एसिया कला र संस्कृतिको धनी देश भएको भन्दै कार्यशालाले कलाकारलाई सकारात्मक ऊर्जा दिने अनुमान गरे। सार्क कल्चर सेन्टर श्रीलंकाका निर्देशक वसन्त कटुवालाले कलाकारलाई प्रतिभा देखाउने र सिकाउने अवसर कार्यशालाले जुटाएको बताए। फरक देशका समाज जोड्ने कोसेढुंगाका रूपमा कलाकारले कला देखाउने विश्वास उनले व्यक्त गरे।

आयोजकका तर्फबाट सहसचिव भरतमणि सुवेदीले विशुद्ध कला कार्यशालामा कलाकारले यहाँको रम्य प्रकृतिसँग भुल्न नसक्ने सम्झना लिएर जाने सुनाए। कार्यशालामा सार्क क्षेत्रका ४० कलाकार यतिबेला नेपालको प्रकृतिलाई कलामा उतार्ने अभ्यासमा जुटिरहेका छन्। कला लिने मात्र होइन, आफूसँग भएका सीप, मूल्य–मान्यता र संस्कृतिको सहयोग दिने माध्यमका रूपमा प्रस्ट्याउने प्रयास कलाकारले गरिरहेको नेपालका तर्फबाट प्रतिनिधित्व गरिरहेका कलाकार ज्योतिप्रकाश विकले सुनाए। नेपालका तर्फबाट कलाकार एससी सुमनको नेतृत्वमा ६ महिलासहित दश कलाकार कार्यशालामा सहभागी छन्। सुमनले प्रकृतिमा मैथिली कला जोड्ने प्रयास गर्नेछन्।

विगतका गतिविधिले बाघ संरक्षण भनेको निकुञ्ज प्रशासनको मात्र जिम्मेवारी हो र केही वन्यजन्तु विज्ञको समूहले तर्जुमा गरेका योजना, रणनीतिले मात्र संरक्षण प्रभावकारी हुन्छ भन्ने मान्यता बोकेको देखिन्छ। मध्यवर्ती क्षेत्रमा व्यवस्थापकीय र कार्यसञ्चालनमा अत्यधिक खर्च गरिनुले पनि यसलाई पुष्टि गरेको छ। त्यसले अति प्रभावितको आकर्षण बाघ संरक्षणमा हुन सकेको छैन।

प्रकाशित: १४ श्रावण २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App