१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माइक्रोबसको ठक्करबाट वृद्धाको मृत्यु

रत्ननगर – पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट शुक्रबार एक वृद्धाको मृत्यु भएको छ । 

जगतपुरबाट काठमाडौँ जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

काठमाडौँ जान लागेका नातीलाई माइक्रोबसमा पठाउनका लागि आएकी भुजेलको सोही माइक्रोबसबसको ठक्करबाट आज मृत्यु भएको हो। 

सहचालकले ब्याक गर्ने क्रममा पछाडी रहेकी वृद्धालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए। 

गीतानगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार माइक्रोबस सहितका चालक तथा सहचालक नियन्त्रणमा छन् भने मृतक बृद्धाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ । रासस 

प्रकाशित: १३ श्रावण २०७४ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App