१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जसले एकैसाथ ५ शिशु जन्माइन्

नयाँ दिल्ली –  भारतको गुजरातमा विवाह भएको ७ वर्ष पश्चात् एक निसन्तान दम्पतीले एकैसाथ ५ सन्तानलाई जन्म दिएका छन् ।

भारतको गुजरात राज्यमा पर्ने वापीमा बसोबास गर्ने रामजी प्रजापतिकी पत्नीले एकैसाथ ५ सन्तानलाई जन्म दिएकी छिन् । करिब सात वर्ष अगाडि उनी वैवाहिक बन्धनका बाँधिएका थिए ।  

सन्तान प्राप्तीका लागि उनीहरूले मठ मन्दिर धाउनेदेखि लिएर चिकित्सकको सरसल्लाहमा औषधी उपचारका लागि विभिन्न प्रयासहरू गरेका थिए । 

महिलाको अवस्था सामान्य नै रहेको अस्पताल प्रशासनले बताएको छ ।  जन्मिएका ५ शिशु मध्ये एकको भने मृत्यु भएको  छ तर अन्य ४ को अवस्था सामान्य नै रहेको समेत अस्पताले बताएको छ । 

जिवित मध्ये ३ बच्चाहरुको तौल एक किलो २ सय ग्राम रहेको छ भने एक बच्चाको तौल ६ सय ग्राम रहेको चिकित्सकले बताएका छन् । 

प्रकाशित: १३ श्रावण २०७४ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App