१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रडले हानेर श्रीमतीको हत्या

इटहरी—रडले हानेर सुनसरी कोशीगाउँपालिकाका एक पुरुषले बुधबार विहानआफ्नै श्रीमतीको हत्या गरेका छन्। कोशीगाउँपालिका वडा नं. ६ का ३० बर्षीय रामकुमार यादवले २५ बर्षीया श्रीमती संगीतायादवको हत्या गरेका हुन् । उनले रडले टाउँको हानेर हत्या गरेको जिल्लाप्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

रामकुमार कोशीगाउँपालिका वडा नं. १ को राजापोखरीको चौकीदार कामगर्ने गरेको र त्यही क्वाटरमा बस्दै आएका थिए। उनले बिहान क्वाटरमै श्रीमती संगीताको हत्या गरेको जानकारी दिइयो। 

रामकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलार्इ उनले ससुराली पक्षले बढी तनाब दिएको झोकमा श्रीमतीको हत्या भएको बयान दिएको डिएसपी प्रवीण धितालले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ । 

 

प्रकाशित: ११ श्रावण २०७४ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App