१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

नेपाली कांग्रेसमा आत्मसमीक्षा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा अनेक हुन सक्छन् । बाहिर आएअनुसार ठोस अजेन्डाभन्दा सभापति शेरबहादुर देउवाको आलोचनामा अधिकांश सदस्यले मन्तव्य केन्द्रित गरे । उनीहरूले सामूहिक शब्द ‘नेतृत्व’ प्रयोग गरेका भए पनि प्रकारान्तरले त्यो नेतृत्व वर्तमानमा देउवा नै हुन् भन्ने जगजाहेर छ । देउवा सुस्त भए, यो प्रत्यक्ष देखिएको विषय हो । तर पार्टीलाई दोस्रो तहमा झार्न योगदान पु¥याउनेमा देउवा एक्लै जिम्मेवार भने होइनन् । केन्द्रमा देउवाको हालीमुहाली मानिएजस्तै जिल्ला र क्षेत्रमा सभापतिहरूको र तिनीहरूभन्दा आफूलाई सबै हिसावले योग्य दाबी गर्ने केन्द्रीय सदस्य र सांसदको दवदवा छ । उनीहरूले स्थानीय तहमा आफन्त वा आफ्ना सहयोगीलाई टिकट दिन दिएको दवावका अनेक घटना छन्।

कतिपय स्थानमा सांसद वा केन्द्रीय सदस्यको दबाबमा परी वितरित टिकटका कारण पराजय भोग्नुपरेको अनुभव कांग्रेसमा पाइन्छ । आफ्ना क्षेत्रमा राम्रो काम गरेका भए कांग्रेस दोस्रो तहमा गनिने थिएन । आफ्नो क्षेत्रका जनताका काममा सहयोग गरेको भए, पार्टी सदस्य र शुभेच्छुकप्रति लोकतान्त्रिक आचरण र व्यवहार प्रकट गरेको भए, पार्टी अनुशासनका लागि र ज्ञानका लागि प्रशिक्षण सञ्चालन गरेको भए, केन्द्रका कामको प्रतिरक्षा समयमा नै गर्न सकेको भए र आफूलाई अतिरिक्त शक्तिका रूपमा नसोचेको भए कांग्रेस लोकतन्त्रको मियोमा दोस्रो स्थान नामको धमिरो लाग्ने थिएन । केही अपवाद छाडेर अधिकांश सांसद आफूलाई अतिरिक्त मानव ठान्छन् । उनीहरूको दौड सत्ताका पछाडि निरन्तर देखिन्छ । चुनाव जित्न सत्ताका पछाडि नभएर जनताका पछाडि दौड लगाउनु जरुरी हुन्छ ।

पाठ्यक्रम र पाठनशैली दुवै नेपालमुखी छैनन् । आधुनिकीकरणका नाउँमा नेपाल परिचय गुमाउँदै गएको छ । राजनीतिक इतिहास, इतिहासका परिघटना, इतिहास पुरुषका विषयमा नयाँ पुस्ता सचेत हुनुपथ्र्याे । तर यो पुस्ताले इतिहास पढ्ने अवसर नै पाएन् । इतिहास अनुभव नभएको र नजोडिएको पुस्तालाई कसरी राजनीतिमा भर्ती गर्ने ? त्यो रणनीति कांग्रेससँग हुनुपर्छ ।

पार्टीको संगठनका निम्ति सिद्धान्त र संगठनका चार÷चार तह आपसमा मिलान गर्नु आवश्यक हुन्छ । तर कांग्रेस नेतृत्व यो सिद्धान्तबारे नै स्पष्ट छैन । केही शब्द परिवर्तन गरी पुरानै ढांँचा र ढर्रामा ऊ हिँडिरहेको छ । प्रजातन्त्रको साटो लोकतन्त्र शब्द स्थापन गर्नुबाहेक अरु केही पनि बदलेको देखिँदैन । कांग्रेसको सिद्धान्तमा आदर्श एकमात्र विषय छ । कांग्रेसको आदर्श हो– राष्ट्रियता । राष्ट्रियताको मूल विषयमा, मूल तत्वमा कांग्रेसले परिवर्तन गर्न सक्दैन । राष्ट्रियताका सन्दर्भमा परिवर्तन गर्ने र यो शब्द विस्थापन गर्न खोजेमा कांग्रेस जरा नभएको रुख सिद्ध हुनेछ । उसको राजनीतिक आस्था र सिद्धान्त हो लोकतन्त्र । यसलाई पहिले प्रजातन्त्र भनिन्थ्यो । प्रजा, जन, गण, नागरिक आदि सबै शब्दको अर्थ जनता हो ।

प्रजातन्त्र, जनतन्त्र, गणतन्त्र, नागरिकतन्त्र पनि अंग्रेजीको डेमोक्रेसीका अनुवाद हुन् । यी सबैभन्दा लोकतन्त्रको अर्थ फरक छ । संस्कृतमा लोक शब्दले जनता र भूमि बुझाउँछ । जनता र भूमिको स्वतन्त्र सार्वभौम सर्वोच्चता हुने भएकाले प्रजातन्त्रको साटो लोकतन्त्र भनिएकोबारे कांग्रेसले बुझाउन सकेको छैन । लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसले आफ्नो सिद्धान्त स्पष्ट गर्न सक्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र आएको दशक पूरा भए पनि कांग्रेस आफ्नो आदर्श, सिद्धान्त, रणनीति र कार्यक्रममा स्पष्ट छैन । उसले २०६३ भन्दा पहिले संवैधानिक राजतन्त्रलाई रणनीतिका रूपमा मानेको थियो भने अहिले संघीय गणतन्त्रलाई रणनीतिकरूपमा स्वीकार गरेको छ । संघीय गणतन्त्र कांग्रेसको विश्वास होइन । कथम् कदाचित आदर्श राष्ट्रियतामा संकट आयो भने त्यसबेला कांग्रेस संघीयता भनेर बस्न मिल्दैन ।

कांग्रेस कार्यक्रममा पनि अन्योलग्रस्त छ । हिजोका दिनमा समाजवादलाई कांग्रेसले आदर्शकै श्रेणीमा राख्यो तर राजनीतिकरूपमा समाजवाद स्वीकार गर्ने कि आर्थिक÷सामाजिक रूपान्तरणको कार्यक्रम समाजवादलाई बनाउने ? प्रश्न सान्दर्भिक छ । समाजवादलाई राजनीतिकरूपमा स्वीकार गर्ने वा वरण गर्ने हो भने साम्यवादी अधिनायकवादी चिन्तनसँग समान हुन्छ । समाजवादको राजनीतिक अवधारणा लोकतन्त्र देखिँदैन । व्यवहारमा पनि यो लागु हुँदैन । अहिले भएको विकास, समृद्धि र आविष्कारका कारण समाजवादको मूल्यलाई राजनीतिकरूपमा वरण गर्नु मूर्खतापूर्ण हुनेछ । समाजवाद राजनीतिक नारा बनाउँदा उदारवादको पहिरन उपहास्य हुनेछ । यसैकारण नेपालका सन्दर्भमा बिपीले गर्नुभएको समाजवादको व्याख्यामा संशोधन आवश्यक छ ।

नेपाली राष्ट्रियता, लोकतन्त्र र समाजवादका भाष्यकार बिपी कोइरालाको पंैतीसौं स्मृति दिवस मनाएर आरम्भ कांग्रेस कार्यसमिति बैठकमा सत्ताका लागि संगठनको चर्चामात्र भयो कि सिद्धान्तका लागि सिद्धान्तअनुकूल संगठनबारे पनि बहस भयो ? सार्वजनिक भएको छैन । सिद्धान्तले जोडेको संगठनका चार तह हुन्छन्– नेतृत्व, नेता, सदस्य र शुभेच्छुक । नेतृत्वमा अधिकार हुन्छ र ऊसँग नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र आदेश दिने अधिकार हुन्छ । नेतृत्व भनेको कांग्रेसका सन्दर्भमा सभापतिसहित केन्द्रीय समिति हो । केन्द्रीय समितिमा रहेका वा नरहेका तर केन्द्रीय नेतृत्व गर्ने सदस्य हुन् भने जिल्ला तहसहित गाउँ तह र साधारण सदस्यता लिएका सदस्य र कांग्रेसको सदस्यता नलिएका तर कांग्रेसलाई सहयोग गर्नेचाहिँ शुभेच्छुक हुन् । यी सबैलाई आदर्शको व्यापकताभित्र सिद्धान्तको सूत्रले आबद्ध गराइरहेको हुन्छ । सिद्धान्तको सूत्र आचरणमा निर्भर हुन्छ । विरलै नेता र नेतृत्वले आचरणमा सिद्धान्तको सूत्र प्रयोग गरेका हुन्छन् ।

संस्थापनकालदेखि अविश्रान्त आबद्ध कांग्रेसका समाजवादी स्वतन्त्रता सेनानी रामहरि जोशीको आचरण सिद्धान्तको सूत्र जोड्नेखालको थियो । गणेशमान, कृष्णप्रसाद, महेन्द्रनारायण, शेष इद्रिश, गोवद्र्धन शर्माहरू सिद्धान्तको सूत्र आचरणमा जोड्ने प्रयास गर्थे । अब यी कोही पनि सजीव छैनन् । कांग्रेस संस्थापना कालखण्डका करिव अन्तिम पात्र नै होलान् रामहरि जोशी, जसको पार्थिव अवशान भएको चौध दिनमात्र  पुग्दैछ । उनी कांग्रेसको आचरणको प्रतीक नै थिए । बोली शान्त, उत्तेजनारहित कमिज सुरुवाल कि कुर्ता पाइजामाको पहिरन, सामान्य जुत्ता चप्पल, त्यस्तै खानपान, धनसम्पत्तिमाथि पूर्ण व्यामोह, आफन्तको जञ्जालबाट मुक्त जोशीको जस्तो व्यवहार सबैले पालना गर्ने प्रतिबद्धता जनाउने हो भने कांग्रेसको संगठनले पूर्णता पाउने हुन्छ । अहिले पनि चन्द्रसिंह भट्टराई र लक्ष्मणराय यादव जस्ता सिद्धान्त र व्यवहारको सूत्र जोड्ने कांग्रेसजन कताकति भेट्न सकिन्छ ।

नेपाली कांग्रेस यस समय आत्मसमीक्षाको चरणमा पुगेको छ । त्यो आत्मसमीक्षा सतहको खेल हुने सम्भावना पर्याप्त छ । नेतृत्वविरुद्ध तीतो पोख्ने अवसर हुँदै गएको छ । पार्टीको बृहत् हितभन्दा पनि मुखको स्वाद फेर्ने काम सदस्यबाट भइरहेको सुनिन्छ । परिवर्तनका सबै घटनाको नेतृत्व लिने कांग्रेसप्रति जनमत किन पक्ष गरिरहेको छैन ? करिब ७० प्रतिशत जनमत कांग्रेसका विपक्षमा देखिएको छ । दुई चरणको स्थानीय सरकारको निर्वाचनमा कांग्रेसले पाएको मत र एमाले र माओवादी केन्द्रसहित अरु साम्यवादी दलले पाएको मत हिसाव गर्दा कांग्रेस तीस प्रतिशतमा समेत समर्थित देखिँदैन । निकट भविष्यमा हुने प्रदेशसभा र संघीय निर्वाचनको पूर्वसंकेत पनि हो स्थानीय सरकार निर्वाचन परिणाम । यो परिणामका आधारमा अहिलेदेखि नै विमर्श हुनु आवश्यक छ ।

यद्यपि नेपालका साम्यवादीले पूर्णतः लोकतान्त्रिक परिपाटी वरण गरेको र लोकतान्त्रिक पार्टीको विकल्पका रूपमा आफूलाई परिमार्जित गरेको हुनाले कसले जित्यो वा हा¥यो भनेर चिन्ता गरिरहनुपर्दैन । कांग्रेसले नै जित्नुपर्छ भन्ने केही छैन । तर सात दशकको इतिहास बोकेको राजनीतिक दल के कारणले यसरी क्षयोन्मुख हुँदैछ ? केलाउनु जरुरी छ । २०१५ सालको आमनिर्वाचनमा दुई तिहाई स्थान पाएको इतिहासको सुवासले मात्र अब कांग्रेस जोगिँदैन। न त २०४८ र २०५६ को संसदीय निर्वाचनको गौरवगाथा गाएर नै यो जीवन्त हुन्छ । विगतमा गरेको आन्दोलनको कथावाचन सुन्ने पुस्ता अब छैन । २०३६, २०४६ र २०६३ को आन्दोलनको अनुभव भएकाको संख्या धेरै भए पनि बिर्संदै जाने क्रम बढी छ । २०६३ पछि आएको पुस्ताको संख्या व्यापक छ । उसका लागि आन्दोलन सामान्य इतिहासको पाठमा परिणत भएको छ । नेपालको शिक्षा नीतिले त्यो इतिहासको पाठ पनि पढ्न दिएको छैन । पाठ्यक्रम र पाठनशैली दुवै नेपालमुखी छैनन् । आधुनिकीकरणका नाउँमा नेपाल परिचय गुमाउँदै गएको छ । राजनीतिक इतिहास, इतिहासका परिघटना, इतिहास पुरुषका विषयमा नयाँ पुस्ता सचेत हुनुपथ्र्याे । तर यो पुस्ताले इतिहास पढ्ने अवसर नै पाएन् । इतिहास अनुभव नभएको र नजोडिएको पुस्तालाई कसरी राजनीतिमा भर्ती गर्ने ? त्यो रणनीति कांग्रेससँग हुनुपर्छ । आरोप÷प्रत्यारोपका कथाको कुनै अर्थ छैन ।

प्रकाशित: ११ श्रावण २०७४ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App