काजी भर्सेस किराती !

बुधबार, ११ साउन २०७४, ०९ : १८ नरेन्द्रजंग पिटर

नेपालको राज्यसत्ताकै चरित्र फेर्न अगुवाइ गर्ने माओवादी केन्द्रको अनपेक्षित चुनावी परिणामपछिको बैठक जनसरोकारको विषय हो। कुनै पनि वस्तुको विकास वा विनाशको कारण सोही वस्तु वा पार्टीको आन्तरिक पक्ष प्रधान हुन्छ। माओवादीको पनि त्यही भएकाले निदान भित्रै खोजिनुपर्छ। कचिंगलको बारबेर भइरहेको माओवादी समीक्षा बैठक भने फेरि नारायणकाजी भर्सेस गोपाल किरातीका गाँडकोर गरेर छताछुल्ल हुँदै सकियो।

प्रचण्डपथको बेमौसमी बाजा फेरि बज्यो। युद्धकालीन केन्द्रीकृत अभिव्यक्तिका लागि बनेको सोच अहिलेको सन्दर्भ र चुनावी राजनीतिको मैदानमा अर्को राजनीतिक ठट्टा बन्यो। हालको संगठन, सोच र अभियानमा या त्यो लहड हुन सक्छ या नेतृत्वको चाप्लुसी।

जीतका अंश खोज्नेहरू हारका कोही जिम्मेवार नभएर दोष अर्काका टाउकामा हाल्ने सांसारिक नियम भने खुबै पालन भयो। दुई अतिवादले माओवादी पार्टीमा मानसिक एकता बन्न सकेको थिएन। अभागीलाई खाने बेला रिस उठछ भनेझैँ मौका पाउनेबित्तिकै नेताहरू कटाक्ष त गर्थे, अहिले त सतहमै देखियो। टालटुल गर्नु र समस्या घर्काएपछि स्वतः हल हुन्छ भनेर निर्मम नहुने कारण नै बैठक फलदायी हुन सकेन।

समस्या नै छैन भन्ने, भएको नदेखाउने, नेतृत्वले के सुन्न चाहन्छ, त्यही उवाच गर्नेहरू चाटुकार हुन्। तिनीहरूबाट समाधानको उपाय आउँदैन। समस्या छ, समस्याप्रति उदासीनता छ भन्ने बोध भयो भने मात्र निकास खोजिइन्छ। पाल्सी कुराले चिउरा भिज्दैन। नेतृत्वले भने एक कदम अघि बढेर नै पहल लिनुपर्छ। अपरेसन गर्दा दुःख हुन्छ, अंगभंग हुन्छ, रगत बग्छ तर शरीरको अन्य भागमा भने क्यान्सर लाग्दैन । क्यान्सर लागेको भागकै अप्रेसन गर्ने हो । सबैसँग राम्रो हुन्छुभन्दा कसैको पनि प्यारो बन्न सकिँदैन । दुस्मनको प्यारो त बन्नै सकिँदैन । लोभलालचले हितैषी बन्नेहरू कुन बेला चोइटिने हुन्, थाहै हुँदैन। ओखतीमूलोले नभएपछिको अप्रेसन अन्तिम अश्र हो, सर्जनहरू निर्मम हुनैपर्छ । तर, यसलाई सम्पन्न माओवादी बैठकले फेरि हल गर्न भने सकेन।

आजको सन्दर्भमा माओवादी कम्युनिस्ट नै हो कि ! उसको आगामी यात्रा शास्त्रीय माक्र्सवादको ‘समाजवादी’ बाटोमा हुनेछ ? विचारमा स्पष्टता आएपछि मात्र कार्यदिशा, संगठन, सांस्कृतिक सक्रियता, मिडियाका स्वरूप, लक्ष्य किटान र त्यसका लागि चरण र उपचरण निर्धारण हुन सक्छन्। मित्र र अमित्र छुट्टिन सक्छन्।

बैठकले समस्याको आंशिक पहिचान त ग¥यो तर उपचार गर्ने कठोर निर्णय लिँदै दण्ड र पुरस्कार दिने नैतिकशक्ति भने नेतृत्वपंक्तिले देखाएन्। पहिलो कुरा वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी नै हो त भन्यो तर त्यो क्रान्तिकारी माक्र्सवाद भित्र कि बाहिर भनेर स्पष्ट भएन।

माओवादी पार्टी अहिले विचारबाट टाढिँदै गएको छ र सुविधामा अभ्यस्त हुँदै छ। उसको अभ्यास क्रान्तिकारी माक्र्सवाद नभई सरकारी माक्र्सवाद हो। तर, जे छ त्यो पनि भन्न नसक्नु, जे छैन त्यसलाई छोडेको पनि नदेखाउनु समस्या नै हो । के माओवादी अब पूर्णरूपमा संसदीय व्यवस्था, चुनावदेखि चुनावसम्ममा रहने हो कि ! आजको सन्दर्भमा माओवादी कम्युनिस्ट नै हो कि ! उसको आगामी यात्रा शास्त्रीय माक्र्सवादको ‘समाजवादी’ बाटोमा हुनेछ ? विचारमा स्पष्टता आएपछि मात्र कार्यदिशा, संगठन, सांस्कृतिक सक्रियता, मिडियाका स्वरूप, लक्ष्य किटान र त्यसका लागि चरण र उपचरण निर्धारण हुन सक्छन्। मित्र र अमित्र छुट्टिन सक्छन्।

विद्रोहको सिद्धान्त र आर्दश खुलापनमा जोगिन नसक्दा पार्टी विभाजन हुँदै गए। त्यसको भावनात्मक असर ज्यादै पर्‍यो। फुटको कारक वैचारिक मात्रै थिएन। एउटा पक्ष प्राविधिक रह्यो भने स्वत्वको टकराव, अर्को पक्ष। अस्तव्यस्तता, नीति र विधिरहित हुँदा पार्टीको अर्थ रहेन । नेतृत्व तहमै सम्बन्धका उचित व्यवस्थापन हुन सकेन। पूर्वमाओवादी घटकबीचमा अबको एकता अपेक्षा मोहन वैद्य किरण र बाबुराम भट्टराईसँग झिनो सम्भावना पनि देखिँदैन। भट्टराईसँग अहंको टकरावले हुनेछैन भने किरणसँग वैचारिक कारण। सम्भावना विप्लवसँग भने छ । धोबीघाट भेलाको समीक्षा नगरी पार्टी एकताको सम्भावना लोकप्रिय वा भावनात्मक नारा मात्र बन्नेछ। आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोबीघाट बैठकको गम्भीर विवेचना जबसम्म हुँदैन, तबसम्म माओवादीभित्रको किचलो पनि समाधान हुनेछैन।

 पार्टीभित्र मुख्य दुई अतिवादले काम गरेको छ। पहिलो जनयुद्ध लडेकाको बन्दुके प्रवृत्ति। यसले जनआन्दोलनबाट आएका शक्तिको अपमान गर्छ, त्याग र बलिदानको केन्द्र आफैँ मात्र हो र अवसरको पहिलो र अन्तिम हकदार पनि अाफैँ मात्र हो भन्छ। यो ढोका बन्दगर्ने यस्तो प्रवृत्तिले अन्यशक्तिको पनि आकर्षण निषेध गरिदिन्छ तर जनयुद्धको उसलाई नै आर्दश, संस्कृति र प्रतिबद्धताको कुनै अर्थ भने राख्दैन। इतिहास छोड्न पनि नसक्नु, पक्रिन पनि नसक्नु, उसको पीडा हो । दोस्रो पक्ष जनआन्दोलनको पक्षधर।

ऊ जनयुद्धबाट आएकालाई अज्ञानी, सुझबुझ नभएका तिघ्रे मात्र सोच्छ। फेरिएको राजनीतिका कुशल खेलाडी त हामी मात्रै हौँ भन्ने सोच्छ। यी दुवै बीच भावनात्मक एकता हुनै सकेन। अहिले देखिएको काजी भर्सेस किराती यसैका रूप हुन् । अर्को पक्ष छ– कुनै सन्दर्भमा भिन्न अस्तित्वमा रहेका, फुटेका फेरि मूल संगठनमा आबद्ध भएका । ती भाइमिलन भनेर आत्मिक स्वीकार नगरेर गुटमै सक्रिय रहनु । हरेकले आफूलाई अरूभन्दा श्रेष्ठ देखाउने रोगले संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध बन्न पुग्यो । अर्को पक्ष, खस अहंकारको नेतृत्व लेखराज भट्ट र टोपबहादुर रायमाझीले गर्न पुगे भने स्थानीय अहंकारको नेतृत्व गोपाल किरातीले । तर, चुनावी परिणामले दुवै प्रवृत्तिलाई लत्यायो ।

 जम्बो कमिटी बनेको पार्टी आफ्नै बोझले किचियो । विद्वान्हरू संकेतले थाहा पाँउछन्, मूर्खहरू भने परिणामले थाहा पाउँछन् भन्ने कुरा माओवादी केन्द्रको हजारीलाले कमिटी गठनले फेरि प्रस्ट्यायो । जसको परिणाम पहिल्यै थाहा थियो, त्यसैलाई नै स्वीकार्दा जे हुनुपर्ने थियो, कालान्तरमा सोही भयो।  ‘म किन कम्युनिस्ट पार्टीको केन्द्रमा पुगेँ ? जिम्मेवारी र भूमिका के हुन्छ’ भन्ने कुरा हजारीलालहरू स्वयंलाई थाहा भएन । भृकुटीमण्डपको त्यो अर्को बीभत्स रूप थियो। संसारमा कतै नभएको रमिता बनेको जम्बो कमिटीले आफैँ बैठक बस्न नै कठिन हुने भारी भएकाले हास्यास्पद बने । एकपटक पनि संयुक्त बैठक बस्न सकेन।

हस्तक्षेपले स्थिर समाजमा नयाँ सोच्न त विवश पार्छ तर आदेशमा समाज परिवर्तन भने हुँदैन । युद्धमा उम्दा भएका योद्धाहरू अर्को फिल्डमा पनि त्यतिकै सक्षम हुन सक्छन् भन्ने जरुरी हुँदैन। निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी भनेको कुनै पनि राजनीतिक संगठन वा व्यक्ति कति सामाजिकीकरण भएको छ भन्नेमा निर्भर हुन्छ भने चुनावी कलामा साम, दाम, दण्ड, भेद, सन्धि, र विच्छेदजस्ता हतियार कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने कलामा निर्भर गर्छ। त्यसलाई लागु गर्ने संगठन बन्छ । सामाजिकीकरण बन्न नसकेको संगठनले जीत हासिल गर्न सक्दैनथ्यो ।

जसका लागि माओवादीले जे गर्‍यो, सो कुरा न उनीहरूले चाल पाए, न संगठनले सोही भाषामा बुझाउने कोसिस नै गर्‍यो। उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी मात्र आएन, सोही समूहलाई बरू विपक्षले उपयोग गरेको टुलुटुलु हेर्न विवश भयो । पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरूको व्यवस्थिति प्रचारको कमी भयो । आफ्नै विचार र राजनीतिक कार्यदिशाको अन्यौल, वर्गचरित्रमा आएको स्खलन, संगठनमा अएका अस्तव्यस्तता, गुटउपगुटको अस्तित्वको लडाइँका कारण माओवादीले आफ्नो गौरव बचाउन नसकेको हो।

अन्त्यमा,

माओवादीले क्रान्तिकारी माक्र्सवादी हो कि अफिसियल माक्र्सवादी हो ? वैचारिक स्पष्टता राख्दै चुस्तदुरुस्त संगठन निर्माण गर्न सक्नुपर्छ । विचार लक्ष्यअनुसार केन्द्रित संगठन, सोही अनुसारको सांगठानिक चरित्र, संगठनलाई सामाजिकीकरण गर्ने नैतिक पुँजी, संगठनमा आलोचनात्मक चेतको रक्षा, दण्ड र पुरस्कारको व्यवस्था, किन राजनीति गर्न आवश्यक छ ? भनेर आर्दशबोध कार्यकर्ताको उत्पादन र व्यवस्थापन गराउन बजार संस्कृतिबाट कसरी जोगिने भन्नेमा हुन्छ । ती सबैको मार्केटिङका लागि सूचना र प्रविधिको समुचित प्रयोगले मात्र उसको औचित्य पुष्टि हुनेछ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad