१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रीमण्डल बिस्तार गर्ने तयारी भइरहँदा नेतृ कोइरालाले पार्टीभित्र पन्छ्याईएका र सुतेर बसेका नेता तथा कार्यकर्ताहरुलाई नेतृत्वले जगाउनुपर्ने धारणा राखेकी थिइन् । ‘नेपाली कांग्रेसको कमजोरी भनेको नै एकता नहुनु हो । संसदमा महिलाहरुलाई ३३ प्रतिशत उपस्थिति अनिवार्य भइसक्दा महिला उपप्रधानमन्त्री किन नहुने ? पार्टीभित्र महिलाहरुलाई पनि स्थान दिनुपर्छ, उचित स्थान नदिए उत्साह मर्छ, सक्षम महिलाहरु धेरै छन्।’

 

प्रकाशित: ९ श्रावण २०७४ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App