१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेसका छ जना कारबाहीमा

पोखरा – नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ। 

स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिए।
 
कारबाहीमा पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उनको प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ लुम्लेका वडाध्यक्षका बागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङ छन् ।

उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सभापति शर्माले बताए । रासस

प्रकाशित: ८ श्रावण २०७४ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App