१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

पर्वत –  विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ। 

पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पर्वतको मोदी गाउँपालिका– ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टाग्ने क्रममा अकस्मात विद्युत् प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी एकनाथ सुवेदीले जानकारी दिए । 

गाउँमा चार दिनदेखि विद्युत् अवरुद्ध रहेको थियो । विद्युत् अवरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भए पनि अकस्मात विद्युत् प्रर्वाह गरिदिएका कारण केसीको मृत्यु भएकोे हो । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको लापर्बाही भएको आरोप मृतकका आफन्तले लगाएका छन । रासस 

प्रकाशित: ७ श्रावण २०७४ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App