१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलले खेलाडी बेच्दैन : प्रशिक्षक

हङकङ- योर्गान क्लोपले लिभरपुल 'विक्री गर्ने क्लब' नभएकोमा जोड दिँदै ब्राजिली प्लेमेकर फिलिप कौटिन्होका लागि बार्सिलोनाबाट आएको ९ करोड ३० लाख डलरको प्रस्ताव अस्विकार गरेको बताएका छन्।

'हामी सँगै काम गरेर क्लबलाई नयाँ उचाई दिन चाहन्छौं। नयाँ उचाई हासिल गर्नका लागि हामी सँगै रहनु सबभन्दा जरुरी छ,' शनिबार हङकङमा प्रिमियर लिग एसिया कपको फाइनलमा लेस्टर सिटीसँग खेल्ने तयारीमा रहेका लिभरपुलका जर्मन प्रशिक्षक क्लोपले भने, 'हामीले दिन चाहेको सबभन्दा मुख्य सन्देश चाँही लिभरपुल बेच्ने क्लब होइन भन्ने नै हो।'

लिभरपुलका मिडफिल्डर एडम लालानाले पनि आगामी सिजनमा महत्वकांक्षी सफलताको लक्ष्य पूरा गर्न कौटिन्होको उपस्थिती अनिवार्य रहेको बताए। 'उनी एउटा उत्कृष्ट खेलाडी हुन्। उनलाई भित्रयाउन थुप्रै क्लब इच्छुक हुनु कुनै आश्चर्यको कुरा होइन,' लालानाले भने, 'हामीले लिभरपुलबाट ठूल्ठुला सफलता हासिल गर्ने योजना बनाएका छौं। त्यसमा कौटिन्हो मुख्य हतियार हुनेछन्। हामी पनि एउटा ठूलो क्लब हौं। हामी च्याम्पियन्स लिगमा छौं। प्रिमियर लिग र च्याम्पियन्स लिगमा राम्रो नतिजाका लागि हामीले कौटिन्होजस्ता खेलाडीलाई गुमाउनु हुन्न।'

समर्थकमाझ अत्यन्तै लोकप्रिय कौटिन्होले जनवरीमा लिभरपुलसँग पाँच वर्षे नयाँ सम्झौता गरेका थिए। 'उनको क्षमतामा कुनै शंका छैन, तर उनमा सुधार गर्ने अझै थुप्रै ठाउँ छन्,' क्लोपले २५ वर्षे खेलाडीवारे भने, 'उनी अत्यन्तै महत्वपूर्ण खेलाडी हुन्। अझ महत्वपूर्ण कुरा उनी भर्खर २५ वर्षको भएका छन्। त्यसैले उनले आफूलाई अझै धेरै सुधार गर्ने सम्भावना छ।'

हङकङमा क्लोपको टोलीले मध्यसातामा क्रिस्टल प्यालेसमाथि २–० को जित हासिल गरेको थियो।

प्रकाशित: ७ श्रावण २०७४ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App