१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोमा परी एकको मृत्यु, दुई गम्भीर

डोटी – घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । 

सायल गाउँपालिका–१ छपाली बिनेबाटाका हरिमल भुलकी ४ वर्षीया छोरी मनिषा भुलको मृत्यु भएको हो । स्वयम भुल र श्रीमती जमुना भुल गम्भीर घाइते छन् । उनका थप एक छोरा र छोरी भने झ्यालबाट बाहिर निस्केपछि सुकशल रहेको घटनास्थलमै रहेका सामाजिक कार्यकर्ता नरेश बमले जानकारी दिए ।  

आज बिहान करिब ४ बजेतिर घरभन्दा माथिबाट आएको पहिरोसँग आएका ढुंगाहरु भुलको घरमाथि खसेका थिए । साथै ढुंगाका कारण भुलको पुरै घर क्षतिग्रस्त भएको छ । गोठमा रहेका पशुचौपायाहरुमा समेत चोटपटक लागेको छ । केही च्यापिएका छन् । 

घाइते दुबैजनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 

प्रकाशित: ६ श्रावण २०७४ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App