१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रसुवाका ३९७ ले सार्वजनिक गरेनन् चुनावी खर्च विवरण

रसुवा – वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाबाट जनप्रतिनिधि बन्न चाहेका ३ सय ९७ जनाले अझै चुनावी खर्च बुझाएका छैनन् । 

निर्वाचनको अन्तिम नतिजा आएको एक महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने भए पनि अहिलेसम्म १ सय २० जनाले मात्र खर्च विवरण सार्वजनिक गरेका छन् । पाँच स्थानीय तह रहेको रसुवाबाट जनप्रतिनिधि बन्न चाहनेको सङ्ख्या ५ सय १७ जना रहेको थियो । निर्वाचन ऐन २०७३ मा राजनीतिक दल अथवा उम्मेदवारले निर्वाचन खर्चको विवरण पेश नगरेमा अथवा पेश भएको विवरणमा पनि अस्वभाविक रुपमा निर्वाचनको स्वच्छतामा प्रतिकुल हुने गरी, गैह्रकानुनी प्रयोजनको लागी खर्च भएको पाइएमा निर्वाचन आयोगले खर्च भएको बराबरको रकम अथवा पाँच लाख रुपैयाँ जरिवाना तिराउन सक्ने भन्ने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी नविन खालिङले बताए । 

तोकिएको समयभित्र नबुझाउनेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था भएकाले उम्मेदवारहरुलाई त्यसतर्फ सचेत हुन खालिङले आग्रह गरेका छन् ।  

प्रकाशित: ३० असार २०७४ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App