१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्भेष्टमेण्ट र एस बैंकको संयुक्त कारोबार सुरु

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एस डेभलपमेण्ट बैंक लिमिटेडले बिहीबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा संयुक्त कारोबार सुरु गरेको छ । दुबै बैंकबीचको प्राप्ती पक्रिया पूरा भएपछि विहीबारबाट औपचारिक रुपमा संयुक्त कारोबार सुरु भएको हो । 

एससँग मर्ज भए पश्चात एसको १२ वटा शाखा र एउटा एक्स्टेन्सन काउन्टर पनि एनआइबिएलको रुपमा परिणत भएको छ । योसँगै एनआइबिएलको शाखा ६१ पुगेको छ भने ४ वटा एक्स्टेन्सन काउन्टर भएको छ । 

एनआइबिएलमा गाभिएका एसका उपत्यकाका शाखाहरु नक्साल, न्यूरोड, चाबहिल, जावलाखेल, कौशलटार तथा किर्तिपुरमा छन् । त्यस्तै उपत्यका बाहिर लिंकरोड विरगंज, पर्साबजार चितवन, लायन्स चोक भरतपुर, उर्लाबारी मोरङ, खाँदबारी–१ संखुवसभातथाविजुवार प्यूठानमा अवस्थित छन । एसको १२ वटा एटिएम थपिएपछि एनआइबिएलको ए.टि.एम. संख्या ९८ वटा पुगेको छ । दुबै बैंकका शाखा तथा एटिएम अहिलेलाई जहाँको त्यही यथावत राखिएको छ ।

प्रकाशित: २९ असार २०७४ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App