१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक बिहानैदेखि अवरुद्ध

चितवन- पहिरो गएका कारण नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध छ। नारायणग-ढमुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार बिहान पाँच बजे नारायणगढदेखि ३३ किलो मिटर पर मुग्लिन नजिक टोपे खोलामा ठूलो पहिरो गएका कारण गाडी चल्न नसकेको हो।

पहिरो पन्छाउने काम सुरु भए पनि समय धेरै लाग्ने अनुमान छ। सामान्य अवस्था रहे दिउँसो दुई बजेसम्म गाडी चल्ने गरेर बाटो खुलाउनसक्ने सम्भावना रहेको इन्जिनियर खनालको भनाइ छ। राजधानी काठमाडौंलाई पूर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ-मुग्लिन सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ। काम सुरु भएसँगै पहिरो र जामले यात्रुहरु हैरान हुने गरेका छन्।

 

प्रकाशित: ८ श्रावण २०७३ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App