१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बझाङमा तीन दिनदेखि इन्टरनेट अवरुद्ध

बझाङ- बझाङ तीन दिनदेखि इन्टरनेट विहिन भएको छ।  नेपाल टेलिकमको कार्डर विग्रेका कारण जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका उपप्रमुख बमबहादुर सिंहले बताए। इन्टरनेट अवरुद्ध हुँदा सरकारी कामकाजमा समेत असर पुगेको छ। जसका कारण जिल्ला स्थित सञ्चारमाध्यम र सर्वसधारण मर्कामा परेका छन्।  

धनगढीबाट कार्डर बनाउनको लागि प्राविधिक टोली बोलाइएको सिंहले बताए। बझाङ आउने सडक अवरुद्ध भएका कारण प्राविधिक टोली जिल्ला आउन कठिनाइ भएको सिंहको भनाई छ।

 

प्रकाशित: २७ असार २०७४ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App