१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छिमेकीसँग विशिष्ट सन्तुलन भनेको के हो?

संसदमा बोल्दै दाहाल। तस्बिर: दिनेश गोले

काठमाडौं—एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा शुक्रबार साँझ अविश्वास प्रस्ताव पेश गरेका छन्। संसदमा बोल्दै उनले ओली सरकार अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध राख्न असफल भएको आरोप लगाए।

नेपालको भूराजनीतिक अवस्थालाई बेवास्ता गर्दै सरकारले पूँजीपतिहरुले फैलाएको राष्ट्रवादलाई बाढावा दिएको उनले आरोप लगाए।

प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्ध बढाएकोमा दाहालले असन्तुष्टि पोखेका हुन्। ओलीले चीनसँग पारवहन सन्धि गर्दै पेट्रोलियम पदार्थ आयात गर्ने बाटो खोलेका थिए। आगामी असोजमा चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमण हुने तय भइसकेकाे थियाे। यही कारण सरकार ढाल्न दक्षिणी छिमेकी भारतले सरकार ढाल्ने कसरत गरेको एमाले मन्त्रीहरूले बताउँदै आएका छन्।

‘हामी जुन भूराजनीतिक अवस्थामा छौं। हामीले अन्रतरार्ष्ट्रिय समुदायसँग, छिमेकी राष्ट्रसँग विशिष्ट सन्तुलन गरेर जानुपर्ने अवस्था छ’, भारत र चीनतर्फ संकेत गर्दै दाहालले भने।

प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्ध बढाएकोमा दाहालले असन्तुष्टि पोखेका हुन्। ओलीले चीनसँग पारवहन सन्धि गर्दै पेट्रोलियम पदार्थ आयात गर्ने बाटो खोलेका थिए। आगामी असोजमा चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमण हुने तय भइसकेकाे थियाे। यही कारण सरकार ढाल्न दक्षिणी छिमेकी भारतले सरकार ढाल्ने कसरत गरेको एमाले मन्त्रीहरूले बताउँदै आएका छन्।

९ महिने सरकारको मुख्य साझेदार माओवादी केन्द्रका अध्यक्षले त्यही विषयप्रति शुक्रबार असन्तुष्टि जनाएका हुन्। ओली सरकारले मधेसी समुदायलाई इरिटेशन गरेको, एउटा निश्चित वर्गको राष्ट्रियताको मात्र प्रतिनिधित्व गरेको दाहालले आरोप लगाए।

‘आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्नेभन्दा सरकार विच्छृङ्खलित गर्नेतर्फ लागेको महसुस भयो’, उनले भने, '९ महिनाको अवधिमा यो विषयमा गम्भीर बहसको आवश्यकता रहेको महसुस भयाे।'

रेलमार्गका लागि अाेलीका अभिव्यक्तिलाइ पनि दाहालले मजाक बनाएका थिए। 'रेल सुइँय चलिहाल्छ भनेर जसरी बाेल्नुभयाे। अहिले सरकारबाट बाहिरिन लाग्दा उहाँलाइ पनि ठिक लागेको हाेला। किनभने बाेल्न धेरै सजिलाे छ। काम गर्न गाह्राे छ', दाहालले भने। अाेलीले चीन सरकारकाे सहयाेगमा नेपाल रेल ल्याउन अध्ययन थालेका थिए।

प्रकाशित: ७ श्रावण २०७३ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App